ओपो एफफाइभ ‘ड्यासिङ् ब्ल्यू लिमिटेड एडिशन’ सार्वजनिक हुँदै, यस्तो छ विशेषताहरु

Technology Khabar २३ माघ २०७४, मंगलवार

ओपो एफफाइभ ‘ड्यासिङ् ब्ल्यू लिमिटेड एडिशन’ सार्वजनिक हुँदै, यस्तो छ विशेषताहरु
Classic Tech

काठमाडौं, २३ माघ । ओपोले भ्यालेन्टाइन्स् डेको अवसर पारेर ओपो एफफाइभको ड्यासिङ ब्ल्यू एडिसन (OPPO F5 Dashing Blue Limited Edition) सार्वजनिक गर्ने तयारी गरेको छ ।

अहिलेसम्म सार्वजनिक गर्ने निश्चित मितिको निक्र्यौल भई नसकेको भएतापनि ओपो एफफाइभ ड्यासिङ ब्ल्यू भ्यालेन्ट्यान्स् डेको अवसर पारेर नेपाली बजारमा उपलब्ध गराउने सम्भावना प्रबल रहेको छ ।

कम्पनीका अनुसार नीलो रंगले प्रेमको पवित्रताको प्रतिनिधित्व गर्छ; यही कारणलाई दृष्टिगत गर्दै कम्पनीले यस पटक भ्यालेन्टाइन्स् डेका लागि नीलो रंगको छनोट गरेको बताइएको छ । फोनको पछिल्लो भागमा (रिफ्लेक्टिव) टल्किने प्यानलको प्रयोग गरिएको छ । यो प्यानलमा प्रकाश पर्दा यसले ऐनाको झैँ गुण प्रदर्शित गर्छ ।

एफफाइभ ड्यासिङ ब्ल्यू एडिशनको विशेषता

एफफाइभ ड्यासिङ ब्ल्यू एडिशनको स्पेशिफिकेसन कम्पनीको पछिल्लो संस्करण एफफाइभसँगै मिल्दोजुल्दो हुनेछ । स्मार्टफोनमा १८ः९ एस्पेक्ट रेसियो र २.५डी कभ्र्ड ग्लास सहितको ६ ईञ्चको फुलएचडी प्लस डिस्प्ले राखिएको छ । प्रयोगकर्तालाई चलाउँदा सहजताको अनुभव दिने सोचका साथ फोनमा पर्याप्त मेमोरी स्पेक्ससहित ओपोको कलर ओएस ३.२ सञ्चालन प्रणालीको प्रयोग गरिएको छ ।

फोनमा २ ओटा नानो कार्ड र एउटा टीएफ कार्ड एकैसाथ प्रयोग गर्न सघाउने सोचका साथ ट्रिपल स्लोट ट्रे पनि राखिएको छ ।

फोनमा प्रयोग गरिएको अक्टाकोर सीपीयू प्रोसेसरले कम उर्जाको खपत गर्दै ताप उत्सर्जनमा कमी ल्याउनुका साथै सुदृढ तथा तिब्र कार्य प्रदर्शन गर्छ (पछिल्लो कलर ओएस भर्जन्स्का तुलनामा यसले ४०% तिब्र कार्य प्रदर्शनी क्षमता राख्छ) । कम्पनीले अहिले सम्म ड्यासिङ ब्ल्यू एडिशनमा ४ वा ६ जीबी ¥याम तथा ३२ जीबी वा ६४ जीबी रोम कुन भर्जनमा सार्वजनिक हुन्छ भन्ने जानकारी दिएको छैन् । तथापी, ड्यासिङ ब्ल्यू एडिशन ४ जीबी ¥याम र ३२ जीबी रोमका साथमा सार्वजनिक हुने प्रबल सम्भावना रहेको छ ।

उपकरणको प्रमुख विशेषताका रुपमा यसमा रहेको क्यामेरा सेटपअ हो । कम्पनीले फोनमा १६ मेगापिक्सेल क्षमताको रियर फेसिङ शुटर र सेल्फीका लागि २० मेगा पिक्सेल क्षमताको सेल्फी क्यामेराको ब्यवस्था गरेको छ । यो सेटअपलाई थप विशेष तथा उपयोगी बनाउने सोचका साथ क्यामेरामा कम्पनीले ओपोको एआई ब्यूटी रिकग्निसन प्रविधिको प्रयोग गरेको छ । यो प्रविधिले सेल्फीमा रहेका विषयका लागि विशेष ब्यक्तिगत तवरमा ब्यूटिफिकेशन उपलब्ध गराउँछ ।

फोनको दैनिक प्रयोगमा ब्याट्रीका कारण समस्या नआओस् भन्ने सोचका साथ यसमा ३ हजार २ सय एमएएच क्षमताको नन् रिमुभेवल ब्याट्री जडान गरिएको छ । ओपो एफफाइभमा कम्पनीले एण्ड्रोइड ७.१.१ नूगट प्रयोग गरेको छ ।

मूल्य र उपलब्धता

ड्याशिङ ब्ल्यू एडिसनको मूल्यका बारेमा तत्काल कुनै जानकारी प्राप्त भइसकेको छैन । तथापी, यसको बजार मूल्य ओपो एफफाइभकै हाराहारीमा हुने बतार्इएको छ ।

यसअघि कम्पनीले ओपो एफफाइभको रेड कलर एडिसन सार्वजनिक गरिसकेको छ ।

TK Viber

प्रकाशित: २३ माघ २०७४, मंगलवार

Loading...