पल्सर डेयर भेन्चरको तेस्रो संस्करणको सम्पन्न, अमित श्रेष्ठ बिजेता घोषित

Technology Khabar २२ माघ २०७४, सोमबार

पल्सर डेयर भेन्चरको तेस्रो संस्करणको सम्पन्न, अमित श्रेष्ठ बिजेता घोषित
Classic Tech
Nepal Telecom

काठमाडौं, २२ माघ । बजाज मोटरसाइकलको आधिकारिक बितरक, एचएच बजाजले प्रस्तुत गरेको बजाज पल्सर डेयर भेन्चर सम्पन्न भएको छ ।

कम्पनीले तेस्रो संस्करणको समापन कार्यक्रममा बजाज पल्सर डेयर भेन्चरका बिजेताहरुको घोषणा समेत गरेको छ ।

समापन समारोहको अवसरमा नेपाल बेस्ट राइडर, नेपाल बेस्ट राइडर रनर अप, तथा मस्ट पपुलर राइडर अवार्ड बिजेताहरु क्रमशः अमित श्रेष्ठ ,पबिन कार्की र बिबिद जङ्ग थापालाई नगद पुरस्कारसहित पल्सर एनएस हस्तान्तरण गरियो ।

यस पटक तिन जना राइडर फाइनलमा पुग्न सफल भएका थिए । तिन जना राइडरहरुमा सुरेश मानन्धर , अमित श्रेष्ठ र पबिन काकी रहेका थिए ।

सहभागीहरु मध्ये बिजेता अमित श्रेष्ठले १० लाख रुपैयाँका साथमा पल्सर एनएस र सामसङ एस ८ प्लस, उपविजेता पबिन कार्कीले ५ लाख रुपैयाँका साथमा पल्सर एनएस र सामसङ एस ८ प्राप्त गरेका थिए भने तेस्रो बिजेता बिबिद जङ्ग थापाले पल्सर एनएस प्राप्त गर्न सफल भएका थिए । अमित श्रेष्ठले सामसङ्ग अनइस्टपबल राइडर र गणेश मान श्रेष्ठले शिखर सेफ राइडरको ताज जितेका थिए ।

‘हामीले सबै जोशिला पल्सर राइडरहरुलाई मनाङ्गको खाङ्गसारसम्मको साहसिक राइड अनुभव लिने सुवर्ण अवसर दिएका दिएका थियौं । पल्सर बाइक जहिले पनि साहस, रोमान्चकता र चुनौतीसँग आबद्ध रहेको छ, आगामी बजाज पल्सर डेयर भेन्चर राइड हरेकको अपेक्षा भन्दा बढि हुनेमा हामी विश्वस्त रहेका छौं,’ एचएच बजाजका कार्यकारी निर्देशक शेखर गोल्छाले भने ।

TK Viber

प्रकाशित: २२ माघ २०७४, सोमबार

Comments are closed.

Loading...