चौधरी ग्रुपले मेजू स्मार्टफोनहरु ल्यायो, ड्यूल स्क्रीन भएको प्रो सेभेन उपलब्ध

Technology Khabar १८ माघ २०७४, बिहीबार

चौधरी ग्रुपले मेजू स्मार्टफोनहरु ल्यायो, ड्यूल स्क्रीन भएको प्रो सेभेन उपलब्ध

काठमाडौं ।

काठमाडौं, १८ माघ । चौधरी ग्रुपले बहुप्रतिक्षित फ्ल्यागशिप डिभाइस मेजू प्रो सेभेन सार्वजनिक गरेको छ । मेजू प्रो सेभेनका साथमा कम्पनीले नेपाली बजारमा एम सिक्स तथा एम फाइभ एस पनि सार्वजनिक गर्यो ।

चिनियाँ स्मार्टफोनहरुको बढ्दो आकर्षणलाई ध्यानमा राखेर चौधरी ग्रुपले नेपाली उपभोक्ताहरुलाई सुविधा दिनका लागि यी स्मार्टफोनहरु विश्वसनिय तथा भरपर्दो माध्यमबाट उपलब्ध गराएको कम्पनीले जानकारी दिएको छ ।

मोबाइल डिभाइस सार्वजनिक गर्दै चौधरी ग्रुपका मोबाइल डिभिजन बिजनेस यूनिट हेड रमेश श्रेष्ठले भने, “यी स्मार्टफोनहरु एकिकृत आकर्षक डिजाइन र उच्च क्षमतावान हार्डवेयरका साथमा निर्माण गरिएका छन् जसले अत्युतम यूजर एक्सपेरियन्स प्रदान गर्दछ र हामी विश्वस्त छौं की यी विशिष्ट उत्पादनहरुले ग्राहकहरुको उच्च अपेक्षालाई पूरा गर्नेछ तथा बजारमा यसलाई लोकप्रिय बनाउनेमा हाम्रो ध्यान केन्द्रित रहेको छ ।”

प्रो सेभेनले आविस्कारमा विशाल छर्लाङ मारेको छ जून मेजूको यस अघिका डिभाइसहरुको परम्परागत डिजाइन भन्दा भिन्न छ, जसमा ड्यूल स्क्रीन र ड्यूल क्यामरा रहेको छ ।

प्रो सेभेन(Pro 7)

एउटा चकित पार्ने र रचनात्मक रियर डिस्प्ले
प्रो सेभेनमा आकर्षक एमोलेड रियर डिस्प्ले राखिएको छ, जसले तपाईँलाई आफ्नो नोटिफिकेसन्स व्यवस्थित गर्न सहयोग गर्दछ, तपाईँले सुनिरहेको संगितलाई देखाउँछ, र रियर डिस्प्लेमा हेर्दै तपाईँले रियर क्यामराहरुमार्फत आकर्षक सेल्फी खिच्न सक्नुहुनेछ । रियर डिस्प्लेका लागि वृहत किसिमका कस्टमाईज गरिएका वालपेपरहरु छन भने यसको सहयोगमा तपाईँको फोनलाई आफ्नो स्टाइलमा परिवर्तन गर्न सक्नुहुनेछ ।

ड्यूल क्यामरा आधुनिक फोटोग्राफी अनुभवका लागि

सहजरुपमा तपाईँको सुन्दर क्षणहरुलाई खिच्नका लागि डिभाइसमा सोनी आईम्याक्स ३८६ सेन्सर भएको १२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा रहेको छ । प्रो सेभेनको मोनोक्रोम र कलर लेन्सहरुका साथमा तपाईँले रातीको समयमा आश्चार्यजनक फोटोहरु खिच्न सक्नुहुनेछ । मोनोक्रोम लेन्सले गुणस्तरीय तस्वीरहरु खिच्नका लागि बिस्तृत रुपमा सहयोगी हुन्छ ।

आकर्षक डिस्प्ले र १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा
प्रो सेभेनको अग्रभागमा सूपर एमालेड डिस्प्ले राखिएको छ, जसले स्पष्ट र सफा डिूस्प्लेको अनुभव गराउँछ, यसमा ५.२ यन्चको फूलएचडी डिस्प्ले राखिएको छ । फोनको फ्रन्ट क्यामरामा सुधार गरिएको १६ मेगापिक्सेलको सेन्सर रहेको छ । अँध्यारो वातावरणमा क्यामराको फोर–इन– वान अल्गोरिदम स्वचालितरुपमा एक्टिभेट हुन्छ, जसले कम प्रकाश भएको समयमा पनि उत्कृष्ट तस्विरहरु खिच्न सहयोग प¥ुयाउँछ ।

फ्ल्यागशिप कार्यदक्षता
प्रो सेभेन स्मार्टफोन हेलियो पी२५ प्रोसेसरका साथमा आउँछ, जुन फोनको कार्यदक्षतामा उत्कृष्ट वृद्धि गरिरहेको समयमा नै एकैपटक ब्याट्रि खपतलाई पनि कम गर्दछ । मेजू प्रो सेभेन एल.पी.डी.डी.आर.फोर.एक्स तथा ई.एम.एम.सी ५.१ प्रविधियुक्त ४ जीबी ¥याम र ६४ जीबीको आन्तरिक स्टोरेजका साथमा उपलब्ध छ ।

सर्वश्रेष्ठ बनाबट
यसको पछाडि रहेको विस्तृत ब्रस्ड टेक्चरसहितको बनावट, एन्टिनाको प्रकृयामा सुधारिएको घुमाउदार, र फोनको नयाँ सेन्सर तथा रिसिभरमार्फत मेजूको पूर्ण शिल्पकारितालाई उत्कृष्ट रुपमा प्रस्तुत गरेको छ ।

लामो अवधि टिक्ने ब्याट्री तथा तिब्र चार्जिङ प्रविधि
यो फोन ‘एमचार्ज’ तिब्र गतिको चार्जिङ प्रविधियुक्त रहेको छ । प्रो सेभेनमा ३,००० एम.ए.एच ब्याट्रीसहित क्विक चार्जिङ प्रविधि छ, जसका साथमा फोनलाई प्रयोग र चार्जिङको उत्कृष्ट समायावधि एकैपटक प्रदान गर्दछ ।

प्रो लेभेल साउण्ड क्वालिटी
अडियोको उच्चतम अनुभव दिनका लागि फोनमा अल न्यू साइरस लोजिक सी.एस.४३१३० हाई–फाई चीपका प्रयोग गरिएको छ । आवाजको शुद्धता, प्राकृतिकता, र कर्णप्रिय भएको सुनिश्चिताका लागि यसमा अनौठो ओभर स्याम्पलिङ्ग इम्यूलेशन मोड राखिएको छ ।

प्रो सेभेन बजारमा कालो रंगमा उपलब्ध छ । यो स्मार्टफोनको मूल्य ४७ हजार ४९९ रुपैयाँ तोकिएको छ ।

एम फाइभएस (M5s)

मेजू एमफाइभ एसमा ५.२ इन्चको एचडी स्क्रीनका साथमा आइपीएस डिस्प्ले प्रविधि प्रयोग गरिएको छ जसले फराकिलो दृश्य र प्राकृतिक रंगहरु देखिन्छ । यसमा भएको २.५ डी कभ्र्ड ग्लासको प्रयोगले यसलाई स्मूथ कलर डाइनामिक प्रदान गरेको छ, भने फ्लाइमिको आविश्कारिक स्मार्ट आई–केयर मोडलले कम प्रकाश र अध्याँरो भएको बेलामा पनि स्मार्टफोनमा आरामपूर्वक पढ्न सकिन्छ ।

एम फाइभएसमा ६४ बीटको अक्टाकोर प्रोसेसर रहेको छ जसले उच्च शक्ति र कुशलता प्रदर्शन गर्दछ । यसका अतिरिक्त, फोनमा भएको ३ जीबी ¥यामले अधिकांश उच्च प्रकृतिका गेमिङ र सामाजिक संजाल एप्सलाई सहज रुपमा प्रयोग गर्न मद्धत गर्दछ । यसमा १६ जीबी र ३२ जीबीको फ्ल्याश स्टोरेजको विकल्प रहेको छ ।

यसमा फोरजीसहितका लागि १८ वटा फ्रीक्वेन्सी ब्याण्डहरु राखिएको छ । यी प्रविधिहरुले एचडी भ्वाइस मेसेजिङ गर्न तथा उत्कृष्ट कल गुणस्तर कायम राख्दछ । यसमा बिल्ट–इन आईएसपी, एफ÷२.० अर्पाचर, फाइभ एलिमेन्ट लेन्सका साथमा १३ मेगापिक्सेलको ब्याक क्यामरा छ र सोनीको पी.डी.ए.एफ. इमेज सेन्सरले उच्च गतिमा अटोफोकस कायम गराउँछ । डिभाइसको फ्रन्टमा ५ मेगापिक्सेलको एफ÷२.० अर्पाचरसहितको क्यामरा छ । यी क्यामराहरुले उच्च गुणस्तरका फोटोग्राफहरु हरेक अवस्थामा खिच्न सकिन्छ ।

फोनमा रहेको ३,००० एम.ए.एच ब्याट्रीले डिभाइसलाई दक्ष ब्याट्री अवधि दिन्छ भने स्लीक मेटल बडी डिजाइनले अझ आकर्षकता थपेको छ । यसका अतिरिक्त फ्लाइमिको अपरेटिङ सिस्टमले अझ पावर सेभिंग मोडहरुको प्रयोग गर्न सहजता प्रदान गर्दछ ।

त्यस्तै एमटच (mTouch) ले मोबाइल पेमेन्टलाई सुरक्षित बनाएको छ जसमा उत्कृष्ट तहको फिंगरप्रिन्ट पहिचान दर तथा गति रहेको छ । एम फाइभएसको होम बटन पूर्णरुपमा डिभाइसको बडीमा जडित छ जसले फोनको कार्य र प्रयोगमा कुनै सम्झौता गर्दैन ।

एम फाइभ एसको तीन उपलब्ध रंगहरु (सिल्भर, गोल्ड र ग्रे) सिएनसी फेब्रिकेसनको माध्यमबाट सहिरुपमा यसको थ्री–पिस मेटालिक बडिसँग एकिकृत गरेको छ । यी सबैले एउटा सहज र परिष्कृत डिभाइस प्रदान गर्दछ ।

मेजू एम फाइभएस मार्फत दुईतर्फि तिब्र गतिको चार्जिङका साथमा आधुनिक एमचार्ज प्रविधिले अतिरिक्त प्रयोगका लागि सुविधा प्रदान गर्दछ ।

१८ वाटको पावरका साथमा, यसले केबल ३० मिनेटमा नै ५६ प्रतिशत ब्याट्री चार्ज गर्दछ, जुन यो उद्योगको औसत चार्जिङ क्षमता भन्दा ६० प्रतिशत तिब्र गति हो । मेजू एम फाइभएसको मूल्य १८ हजार ७९९ रुपैयाँ रहेको छ ।

एम सिक्स(M6)

एम सिक्स स्मार्टफोन चहकिलो मेटलसहित उपलब्ध छ जसमा नन कण्डक्टिभ भ्याकुम मेटलाइजेसन प्रविधिको प्रयोग गरिएजस्तै रहेको छ । यसमा राखिएको लेजर उत्कीर्ण लोगोले एम सिक्सलाई साँच्चिकै आकर्षक बनाएको छ । यसमा भएको ५.२ इन्चको स्क्रीनमा १०००ः१ कन्ट्रास्ट छ, जसले गर्दा एम सिक्सको डिस्प्लेमा स्पष्ट र चहकिलो तस्विरहरु यस अघिका पुस्ताका डिभाइसहरु भन्दा बढी हेर्न सकिन्छ ।

यसमा रहेको २.५ डि कभ्र्ड ग्लासले फोनलाई अझ बढि आरामदायी बनाएको छ जसमा फूल लेमिनेसन प्रविधिले तपाईँको स्क्रीनलाई थप विबिधता प्रदान गर्दछ । एम सिक्सको अग्रभागमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ, जसमा सामान्यरुमा ट्यापिङ गर्दा नै फोन अनलक हुन्छ, यो आधिकारिक सुरक्षित पेमेन्टको लागि समेत प्रयोग गर्न सकिन्छ ।

एम सिक्समा अक्टा कोर ६४ बिटको प्रोसेसर रहेको छ । यसका साथै फोनमा ३ जीबीको र्याम, ३२ जीबीको फ्ल्याश स्टोरेज छ, एम सिक्सले संगित भीडियोको आवश्यकतालाई पूर्णरुपमा संतुष्टि प्रदान गर्दछ । एम सिक्सले स्मार्टफोनमा गेम खेल्न चाहनेहरुका लागि उच्चतम परफरमेन्स दिन्छ भने सहजरुपमा गेम खेल्न सकिन्छ ।

यसको रियर क्यामरामा १३ मेगापिक्सेलको आर.जी.बी.डब्लू सेन्सरका साथमा ड्यूल टोन फ्ल्याश तथा आर्कसफ्टको मल्टि फ्रेम नोइज रिडक्सन अल्गोरिदम रहेको छ । जसको परिणाम, एम सिक्सले हरेक किसिमको प्रकाशको अवस्थामा उत्कृष्टता प्रदान गर्दछ ।

यसमा भएको ८ मेगापिक्सेलको सेल्फी क्यामरामा एफ/२.० वाइड अपार्चर साथै फ्लाइमिकोे उत्कृष्ट आर्कसफ्ट ब्यूटिफिकेसन अल्गोरिदम उपलब्ध छ, जसले तपाईँले खिच्ने हरेक फोटो सटमा आकर्षक देखाउँछ ।

यसको ३०७० एम.ए.एच ब्याट्रीले यो फोनलाई दिनभर पुग्ने शक्ति प्रदान गर्दछ । पोलिकार्बोनेट बडी भएको मेजू एम सिक्समा मिलाईएको घुमाउरो मेटालिक फिनिस छ जसमा हातैले बनाईएको मेटल जस्तै लाइनहरु रहेका छन् । यो सुनौलो र कालो रंगमा उपलब्ध छ ।

यो सेटको मूल्य १८ हजार १९९ रुपैयाँ (१६ जीबी) र १९ हजार ४९९ रुपैयाँ (३२ जीबी) रहेको छ ।

मेजूका स्मार्टफोनहरु ब्याट्रीमा ६ महिनाको वारेन्टी, ह्याण्डसेटमा १ वर्षको वारेन्टी र सफ्टवेयरमा २ वर्षको वारेन्टीसहित उपलब्ध भएको कम्पनीले जनाएको छ ।

त्यसैगरि प्रत्येक सेटहरु प्रुडेन्सियलबाट १ वर्षको ग्राहक बीमासहित उपलब्ध रहेको कम्पनीले जानकारी दियो ।

easy care

प्रकाशित: १८ माघ २०७४, बिहीबार