भारतमा मोबाइल फोनमा कर बढ्यो, नेपालमा मूल्य बढ्नसक्ने

Technology Khabar १८ माघ २०७४, बिहीबार

भारतमा मोबाइल फोनमा कर बढ्यो, नेपालमा मूल्य बढ्नसक्ने

काठमाडौं ।

काठमाडौं, १८ माघ । छिमेकी मुलुक भारतमा आज सरकारले ल्याएको बजेटले मोबाइलको मूल्य बढ्ने भएको छ । भारतीय वित्त मन्त्री अरुण जेट्लीले सन् २०१८ को बजेट सार्वजनिक गर्दै मोबाइललगायतका इलेक्ट्रोनिक्स डिभाइसमा थप कर लगाउने घोषणा गरेका हुन् ।

भारतीय सरकारले भारतभित्रै मोबाइल उत्पादन बढाउने उद्धेश्यका साथ इलेक्ट्रोनिक्स डिभाइसको आयातमा कर वृद्धि गरेको हो ।

अब छिमेकी मुलुक भारतमा आयात हुने मोबाइल पार्टसहरुमा कस्टम ड्यूटी १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्यार्ईको छ । यसका साथै मोबाइल फोनको एसेसरिजपनि महंगो हुने भएको छ । मोबाइल फोन एसेसरिजमा रहेको कस्टम ड्यूटी ७.५देखि १० प्रतिशतलाई बढाएर १५ प्रतिशत गरिएको छ ।

भारतीय सरकारले मोबाइल फोनको चार्जर, एडप्टर, प्लाष्टिक चार्जर, प्लाष्टिक एडप्टर पनि महंगो भएको छ, यसअघि यस्ता सामाग्रीहरुमा कुनैपनि भन्सार शुल्क नतोकिएकोमा अब भने यसमा १० प्रतिशतको कस्टम ड्यूटी तोकिएकोछ ।

भारतमा अब स्मार्ट वाच लगायत वेयरेबल डिभाइसहरु समेत सम्पूर्णको मूल्य बढ्ने भएको छ ।

भारतभित्रै मोबाइल फोनहरुको उत्पादन प्लान्ट लगाउन उत्साहित गर्नेगरि सरकारले आयातित मोबाइल फोनमा कस्टम वृद्धि गरेको बताईएको छ ।

भारतीय बजेटले एप्पल, सामसंग, ह्वावे, साओमी, जिओनीलगायत मोबाइल ब्राण्डहरुको फोनहरु महंगो भएका हुन् । तर भारतमा नै उत्पादन हुने मोबाइल फोनहरु भने त्यो भन्दा सस्तो हुनेछन् ।

भारतीय बजेटका कारण नेपाली उपभोक्ताहरुले पनि महंगीको मार खेप्नुपर्ने छ । भारतीय उत्पादनको रुपमा भित्रिने केहि मोबाइल तथा इलेक्ट्रोनिक्स डिभाइसहरुको मूल्य बढेसँग नेपाल आउँदा ती उत्पादनहरुको मूल्य स्वत अधिक हुनेछ । जसले अन्तत नेपाली मोबाइल ग्राहकहरुलाई असर पार्नेछ ।

Global Bank
easy care

प्रकाशित: १८ माघ २०७४, बिहीबार