ओपोद्धारा क्वालकमसँग मिलेर फाइभजी फोन ल्याउने

Technology Khabar १७ माघ २०७४, बुधबार

ओपोद्धारा क्वालकमसँग मिलेर फाइभजी फोन ल्याउने
NTC_Advt

पेइजिङ, १७ माघ । मोबाइल ब्राण्ड ओपोले चीनमा आयोजित २०१८ क्वालकम टेक्नोलोजी डेमा ‘फाईभजी पायोनियर ईनिसियटिभ’का लागि क्वालकम टेक्नोलोजीज्संग सहकार्यको घोषणा गरेको छ ।

फाइभजी यूगमा मोबाइल प्रविधिमा नवप्रबर्तनको अन्वेषणका लागि यो सहकार्य गरिएको विज्ञप्ति मार्फत जानकारी दिइएको छ ।

फाइभजी पायोनियर ईनिसिएटिभमार्फत क्वालकम टेक्नोलोजिज्ले विश्वभर ओपोका प्रयोगकर्तालाई रेडियो फ्रिक्वेनसी फ्रण्ट ईन्ड फिल्ड जस्ता ब्यापक समाधान उपलब्ध गराइ अत्याधुनिक फाइभजी मोबाइल अनुभव प्रदान गर्न सघाउनेछ ।

‘फाइभजी मोबाइल नेटवर्कले वैश्विक मोबाइल उद्योगलाई नयाँ आयाम दिने छ । साथै, ईन्टरनेट अफथिङ्सका लागि मोबाइल फोन प्रमुख टर्मिनलका रुपमा विकसित हुनेछ ’, ओपोका प्रमुख कार्यकारी अधिकृत टोनी छन्ले भने, ‘ओपोले आफ्नो शुरुवाती दिनदेखि नै प्राविधिक नवप्रवर्तनमा आफ्नो ध्यान केन्द्रित गर्दै आइरहेको छ । यसले फाइभजीसँग सम्बन्धित आरएण्डडीका लागि राम्रो जग बसाउन सघाएको छ । ओपोले फाइभजी र आर्टिफिसियल ईन्टेलिजेन्सी जस्ता क्रान्तिकारी प्रविधिमा लगानीलाई निरन्तर्ता दिँदै प्रयोगकर्ताको आवश्यकता तथा माग अनुसार नयाँ नयाँ प्राविधिक उपकरण उपलब्ध गराउँदै जानेछ ।’

ओपोका उपाध्यक्ष एलेन वुले सम्मेलनमा आफ्नो बक्तब्यमार्फत भने, ‘सन् २०१९ मा हाम्रा विश्वभरका प्रयोगकर्तालाई उत्कृष्ट फाइभजी अनुभव प्रदान गर्न, फाइभजी फोन सार्वजनिक गर्ने ओपोको योजना छ । क्वालकम टेक्नोलोजिज् ओपोका लागि एक प्रमुख रणनीतिक साझेदारका रुपमा रहँदै आएको छ ।’

पेइजिङमा जनवरी १६–२०१८, आईएमटी–२०२० (५जी) प्रोमोसन ग्रुप, चीनको तीन प्रमुख मन्त्रालयद्वारा स्थापित प्रमुख प्रमोशन संस्थाले फाइभजी प्रविधि आरएण्डडी ट्रायल फेज थ्री स्पेसिफिकेसन्स सार्वजनिक गरेको थियो ।

ओपोले एकल स्मार्टफोन निर्माताका रुपमा सोमा सहभागिता जनाई फाइभजी स्ट्याण्डर्ड निर्माणमा सघाएको जानकारी दिईयो ।

अहिले चीनियाँ उत्पादकहरुले फाइभजी नेटवर्कलाई व्यवसायिक बनाउने काममा अग्रणी भुमिका निर्वाह गरिरहेका छन् । यो सहकार्यले निकट भविष्यमा नै विश्वभरका उपभोक्तालाई यथा सिघ्र फाइभजी अनुभव प्रदान गर्ने आशा गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित: १७ माघ २०७४, बुधबार