डिजिकमको २० औं वार्षिकोत्सव, सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुट

Technology Khabar १६ माघ २०७४, मंगलवार

डिजिकमको २० औं वार्षिकोत्सव, सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुट
Classic Tech

काठमाडौं, १६ माघ । आईटी ब्राण्ड डिजिकमले आफ्ना सम्पूर्ण उत्पादनहरुमा २० प्रतिशत छुटको घोषणा गरेको छ । नेपालमा आफ्नो सेवाको २० वर्ष पूरा गरेको उपलक्ष्यमा कम्पनीले आफ्ना प्रडक्टमा आकर्षक छुट दिने भएको हो । भृकुटीमण्डपमा जारी क्यानइन्फोटेक मेलाको अवधिभर डिजिकमको स्टलबाट सो छुट प्राप्तगर्न सकिने बताईएको छ ।

नेपालमा दुई दशक पूरा गरेको अवसरमा क्यानइन्फोटेकमा डिजिकमले एक विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा फिल्म कलाकार तथा निर्माता निर्देशक दीपश्री निरौलाको सहभागिता रहेको थियो ।

कम्पनीले आफ्ना ७०० भन्दा बढी प्रडक्टहरु बजारमा उपलब्ध भएको र निरन्तर नयाँ तथा विशिष्ट प्रकारका प्रडक्ट थपगर्दै आएको डिजिकमका अध्यक्ष, अरुण कुमार बन्सलले बताए ।

सन् १९९८ मा शुरु भएको ब्राण्ड डिजिकमले २० वर्षको यात्रा पूरा गरेको छ । नेपालमा डिजिकमको सेवा केबल टीभी सञ्चालकहरुका लागि सीएटीभी प्रडक्टहरुबाट शुरु भएको थियो । सो प्रडक्टमा कम्पनीले पाएको उच्च सफलताले यसलाई अन्य उत्पादनमा आफ्नो सेवा विस्तार गर्न प्रोत्साहित गरेको थियो । सन् २००४ मा डिजिकमले नेपाली बजारमा फाइबर अप्टिक केबल भित्र्याएको थियो ।

हरेक वर्ष डिजिकमले नयाँ तथा एडभान्स्ड प्रडक्ट थपगर्दै आएको जनाएको छ ।

प्रकाशित: १६ माघ २०७४, मंगलवार

Comments are closed.

Loading...