Technology Khabar १५ माघ २०७४, सोमबार
काठमाडौं ।
काठमाडौं, १२ माघ । एप्पलको नयाँ आइफोनको मोडलको बारेमा विभिन्न चर्चाहरुहरुले बजार निकै तताएको छ । केहि समय अघि केजीआईको रिपोर्ट सार्वजनिक भएको थियो भने हाल डिजिटाइम्सको नयाँ रिपोर्टले चर्चा बटुलेको छ । अमेरिकन टेक कम्पनी एप्पलले यो वर्ष ६.१ इन्चको कुनै ओएलईडी (OLED) डिस्प्लेसहितको आइफोन मोडल नल्याउने रिपोर्टमा उल्लेख छ ।
यसअघि एप्पलले जम्मा चारवटा आइफोन मोडल ल्याउने चर्चा रहेको थियो जसमा दुईवटा एलसीडी (LCD) डिस्प्ले र अन्य दुई ओएलईडी मोडलका हुने बताईएको थियो । तर डिजिटाइम्सले रिसर्च एनालाइसिस्ट ल्यूक लिनलाई आधार मानेर दुई एलईडी आइफोन मोडलमध्ये ५.७ इन्चदेखि ५.८ इन्चसम्मको एउटा र अर्को ६ देखि ६.१ इन्चसम्मको आउन सक्नेछ ।
त्यस्तै एउटा ओएलईडी ६ इन्चदेखि ६.१ इन्च अथवा ६.४ इन्चदेखि ६.५ इन्चको स्क्रीन साइजमा ल्याउने अनुमान गरिएको छ ।
नयाँ आइफोन लाइनअप गत वर्ष भएको जस्तै लाइनअपमा आउने छ । गत वर्ष दुई एलसीडी प्यानेलमा आधारित डिभाइस आइफोन ८ र आइफोन ८ प्लस तथा अर्को ओएलईडीमा आधारित आइफोन एक्स रहेको थियो ।
चारैवटा प्रोजेक्टहरु वायरलेस चार्जिंग र थ्रीडी सेन्सिंग फक्ग्सनका साथमा आउनेछन् ।
जे भएतापनि अहिलेसम्म एप्पलले अन्तिम निर्णय लिईसकेको छैन र विभिन्न भेण्डरहरुसँग त्यसको बारेमा छलफल भईरहेको छ ।
यसका साथमा एप्पलले इन्ट्रि लेभलको क्षेत्रका लागि सस्तो मूल्यमा आइफोन एसईको नयाँ संस्करण सन् २०१८ मा ल्याउने बताईएको छ । यसमा पनि वायरलेस चार्जिंग हुनेछ तर थ्रीडी सेन्सिंग भने राखिनेछैन् ।
नयाँ स्मार्टफोनहरु मास प्रडक्सनका लागि मे वा जुनमा शुरु हुने लिनले जानकारी दिएका छन् ।
प्रकाशित: १५ माघ २०७४, सोमबार