सामसंगको ‘एस नाइन’ फेब्रुअरी २५ मा आउँदै, फोनमा ‘रिइम्याजिण्ड’ क्यामरा

Technology Khabar १२ माघ २०७४, शुक्रबार

सामसंगको ‘एस नाइन’ फेब्रुअरी २५ मा आउँदै, फोनमा ‘रिइम्याजिण्ड’ क्यामरा

काठमाडौं ।

काठमाडौं, १२ माघ । सामसंगले आगामी फ्रेब्रुअरीमा आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने भएको छ । कम्पनीले फेब्रुअरी २५ तारिखमा मोबाइल वल्र्ड कंग्रेस(MWC2018) को अवसर पारेर बार्सिलोनामा अनप्याक्ड इभेन्ट आयोजना गर्ने भएको छ ।

यसअघि निकै चर्चा हुँदै आएको ग्यालेक्सी एस नाइन (Samsung Galaxy S9) स्मार्टफोन सोहि अवसरमा सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ । यसको लागि कम्पनीले निम्तो समेत पठाएको छ ।

सामसंगले एउटा टिजर सार्वजनिक गर्दै नयाँ फोनमा रिइम्याजिण्ड क्यामरा विशेषतासहित सार्वजनिक हुने जानकारी दिएको हो । कम्पनीले यो फोनमा कुनै यस्तो नयाँ प्रविधि उपलब्ध गराउने तयारीमा छ जसले ट्रेन्ड सेटरको रुपमा आउनसक्नेछ ।

विभिन्न रिपोर्टहरुका अनुसार यो क्यामरामा आइएसअोसेक (ISOCESS) सेन्सर्स राखिने छ । क्यामराका लागि प्रयोग हुने यो प्रविधि कम प्रकाशमा पनि आकर्षक र स्पष्ट तस्विरहरु खिच्न सक्ने क्षमता राख्दछ ।

सामसंगको ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस स्माार्टफोनमा ड्यूल रियर क्यामरा हुने अनुमान गरिएको छ भने यसमा स्लो मोसन भिडियो खिच्न सकिने प्रविधि हुने अनुमान छ । यसका साथै यो क्यामराले ४८० फ्रेम प्रति सेकेण्डको दरमा फुल एचडी भिडियो पनि रेकर्ड गर्न सक्नेछ ।

यसअघि नै ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस स्माार्टफोनमा १२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा हुने जानकारी बाहिर आएको थियो । त्यसका साथै ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ ।

सामसंग ग्यालेक्सी एस नाइन स्माार्टफोनमा ५.८ इन्चको क्वाडएचडी सुपर एमोलेड डिस्प्ले हुनेछभने यसमा एस ८ को जस्तै एज डिस्प्ले हुने अनुमान छ ।

फोनमा क्वालकम स्न्यापड्रागन ८४५ चीपसेट राखिने छ भने फोनमा ४ वा ६ जीबीको र्यामसहितको दुई भेरिएन्टका फोनहरु आउन सक्ने अनुमान छ ।

सामसंले ग्यालेक्सी एस नाइन तथा एस नाइन प्लस स्माार्टफोन इभेन्टको लागि छुट्टै वेबसाइटमा छुटै पेज बनाएको छ जसमा काउन्टडाउन टाइमर समेत रहेकोछ ।

नयाँ फ्ल्यागशिपको बारेमा अधिक जानकारी अझै आईसकेको छैन भने यसको मूल्य कति हुनेछ भन्ने थाहा छैन् ।

माध्यम

Global Bank
easy care

प्रकाशित: १२ माघ २०७४, शुक्रबार

ताजा समाचार