सिटिसी मलमा मोबाइलको मल्टिशोरुम सञ्चालनमा, मोबाइल किन्दा ब्लूटूथ पार्इने

Technology Khabar ११ माघ २०७४, बिहीबार

सिटिसी मलमा मोबाइलको मल्टिशोरुम सञ्चालनमा, मोबाइल किन्दा ब्लूटूथ पार्इने

काठमाडौ, ११ माघ । काठमाडौको सुन्धारास्थित सीटीसी मलमा सबै ब्राण्डका मोबाइलहरु पाइने मल्टिशोरुम सञ्चालनमा आएको छ ।

अधिकांश मोबाइलका ब्राण्डहरु तथा एसेसरिजहरुसहित अल्फा स्टोर प्रालिले मलको भुईतलामा बुधबारदेखि मोबाइलको मल्टिशोरुम सञ्चालनमा ल्याएको हो । सञ्चालन शुभारम्भ भएको अवसरमा कम्पनीले एक हप्तासम्म मोबाइल किन्दा दुई हजार रुपैयाँ बराबरको ब्लूटूथ निःशुल्क दिने अफर समेत ल्याएको छ ।

आइफोनसहित १३ ब्राण्डका सबै मोबाइलहरु एकै ठाउँबाट पाइने गरी शोरुम सञ्चालनमा ल्याएको प्रालिका प्रबन्ध निर्देशक संजय बगरियाले जानकारी दिए ।

उनका अनुसार, शोरुमबाट आइफोनसहित सामसुङ, ओपो, विभो, वान प्लस, एमआई, एचटीसी, नोकिया, सोनी, लाभा, कर्लस, मोटोरोला लगायतका ब्राण्डका मोबाइलहरु सस्तो, ग्यारेण्टी र सुलभ रुपमा खरिद गर्न सकिनेछ । शोरुममा मोबाइल एक्सचेन्जका साथै मर्मतको समेत सेवा रहेको प्रालिले जनाएको छ ।

चीनको ठूलो कम्पनी रिम्याक्सको एसेसेरिजहरु समेत उपलब्ध रहेको शोरुममा गुणस्तर एयरफोन, ब्लूटूथ कार केबल, कभरलगायतका सामाग्रीहरु पाइने प्रालिले जनाएको छ ।

मल्टिपल शोरुममा ५ हजारदेखि १ लाख ५० हजार रुपैयाँ मुल्यसम्मका मोबाइलहरु रहेको बताईएको छ ।

प्रकाशित: ११ माघ २०७४, बिहीबार

Comments are closed.

Loading...