शुरु भयो क्यान इन्फोटेक २०१८, नयाँ प्रविधिको जानकारी लिने अवसर

Technology Khabar ११ माघ २०७४, बिहीबार

शुरु भयो क्यान इन्फोटेक २०१८, नयाँ प्रविधिको जानकारी लिने अवसर

काठमाडौं ।

काठमाडौँ, ११ माघ । क्यान महासंघको आयोजनामा सूचना, सञ्चार तथा प्रविधि मेलाको २४ औं संस्करण क्यान इन्फोटेक आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ ।

यही माघ १६ गतेसम्म संचालन हुने सो मेलामा २ सय भन्दा बढी सूचना, सञ्चार तथा प्रविधिसित सम्बन्धित कम्पनी उत्पादनलाई प्रदर्शनीमा राखिएको छ ।

क्यान इन्फोटेकको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्दै सूचना प्रविधिको विकासलार्इ सबैभन्दा प्राथमिकतामा नदिए मुलुक आर्थिकरुपमा अगाडी बढ्न नसक्ने बताए ।

उनले सामुदायिक विद्यालयका कम्प्युटर शिक्षालाई अझ प्रभावकारी बनाउन सातवटै प्रदेशका दुई/दुई विद्यालयमा निःशुल्क सूचना प्रविधि पुर्याउन लागिएको जानकारी दिए ।

‘आर्थिक समृद्धि हासिल गर्न सूचना प्रविधिलाई समुदायस्तरसम्म विस्तार गर्नुपर्ने खाँचो औँल्याउँदै यसका लागि सरकार र निजी क्षेत्रबीचको थप सहकार्य आवश्यक रहेकामा जोड दिए,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सूचना प्रविधिको विकासमा सरकारी लगानी वृद्धि गरिनुपर्ने बताए।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष हेमन्त चौरसियाले सूचना तथा प्रविधिलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताए । उनले सरकारले सहयोग गरे ३ वर्षभित्रै ई नेपालको अवधारणाअनुसार जान सकिने दाबी गरे ।

क्यान इन्फोटेक २०१८ नामक सो प्रदर्शनी करिब चार लाख दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ ।

https://www.facebook.com/CAN.NEPAL/videos/2267309753295320/

easy care

प्रकाशित: ११ माघ २०७४, बिहीबार