Technology Khabar १० माघ २०७४, बुधबार
काठमाडौं ।
काठमाडौं, १० माघ । ओपोले आफ्नो ब्राण्डको ईण्ट्रि लेभल क्यामेरा फोन अन्तर्गत नयाँ ओपो ए८३ (Oppo A83) नेपाली बजारमा सार्वजनिक गरेको छ । ए८३मा यो मूल्य श्रेणीका स्मार्टफोनमा विरलै उपलब्ध हुने फुल स्क्रिन डिस्प्ले फिचर उपलब्ध रहेको कम्पनीले दाबी गरेको छ ।
साथै, यसमा यूवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने उद्देश्यका साथ एआई ब्यूटी रिकग्निशन प्रविधिपनि उपलब्ध गरिएको छ ।
३ जीबी र्याम र ३ हजार १ सय ८० एमएएच ब्याट्री क्षमता सहितको यो फोनको मूल्य २४ हजार ९ सय ९० निर्धारण गरिएको कम्पनीले जनाएको छ ।
यस्ता छन विशेषताहरु-
एआई स्मार्ट ब्यूटी
८ मेगापिक्सेलको फ्रण्ट र १३ मेगा मेगापिक्सेल क्षमताको रियर क्यामेरा सहितको ओपो ए८३मा एआई ब्यूटी रिकग्निशन प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिले तस्विरमा तपाईँलाई उत्कृष्ट देखाउन सघाउँछ । यसले अनुहारका प्रमुख चारित्रिक विशेषताको पहिचान गरी तिनको सुन्दरता कायम राख्दै उत्कृष्ट सेल्फी प्रस्तुत गर्न सघाउँछ ।
साधारण शब्दमा भन्नु पर्दा एआई ब्यूटी रिकग्निशन प्रविधि साधारण सफ्टवेयर प्रोग्राममात्र नभइ यसले ब्यवसायिक फोटोग्राफरका रुपमा सोच्ने र सिक्ने क्षमता राख्छ । ओपोको एआई प्रविधिले हजारौँ तस्विरको डाटावेसको माध्यमबाट सिक्दै अनुभवी फोटोग्राफरहरुले झैँ उत्कृष्ट तस्विर प्रस्तुतगर्न सघाउँछ । यसले स्वचालित रुपमा हजारौँ तस्विरको माध्यमबाट सिक्दै छालाको रंग, बनोट, लिंग र उमेरका आधारमा तस्विरमा रहेको विषयलाई वर्गिकरण गर्दै उत्कृष्ट पोट्रेट प्रस्तुत गर्छ ।
फ्ल्यागशिपफुल स्क्रिन, फेसियल रिकग्निसन फिचर र फेशनेबल लुक
ए८३को आकार जम्मा ५.७ ईञ्च छ । तर, यसमा रहेको स्क्रिनको आकार भने ५ ईञ्चको छ । आफ्ना पछिल्ला मोडलका तुलनामा यसको बेजल रेसियो १८ः९ राखि एण्ट्रि लेभल फोनमै फुल स्क्रिनको मज्जा पस्कन कम्पनी सफल भएको छ । यसले गर्दा ए८३ मार्फत तस्विर, भिडियो हेर्दा तथा गेम खेल्दा फराकिलो दृष्यानुभुति लिन सकिन्छ ।
आज सम्म अधिकांश प्रमुख ब्राण्डले आफ्ना फ्ल्यागशिप मोडलमा मात्रै फुल स्क्रिन फिचर समाहित गरेका छन् । ओपो ए८३को साथमा आफ्ना थप उपभोक्ताले फुल स्क्रिन फोनको उपयोग गर्न पाउन् भन्ने कम्पनीको उद्देश्य रहेको छ । साथै, फुल स्क्रिन डिस्प्लेलाई साथदिनयसमा १४४०X७२० उच्च रिजोल्यूशनको ब्यवस्था गरिएको छ ।
सार्वजनिक नयाँफोनमा फेस अनलक सुविधापनि उपलब्ध गरिएको छ । यसले गर्दा फोनको स्क्रिनमा आफ्नो अनुहार देखाइ सजिलै फोन अनलक गर्न सकिन्छ । औँला भिजेको अवस्था वा हात ब्यवस्त रहेको अवस्थामा फोन उठाउन पर्दा यसले विशेष सहजता प्रदान गर्छ ।
डिजाइन
ए८३को डिजाइन यूएफओ (यूएफओ कभ्र्ड डिजाइन फिलोसोफी) माआधारित गरिएको छ । फोनलाई प्रिमियम डिजाइन दिने सोचका साथ यसमा यूएफओको जस्तै सुब्यवस्थित डिजाइन अपनाइएको कम्पनीको भनाइ छ ।
सहज परिचालन
ए८३को निर्माण उपाभोक्तालाई सहज तथा आरामदायी परिचालन अनुभव दिने सोचका साथ गरिएको छ । फोनमा जडित ३जीबी सञ्चालन मेमोरीले विशेषगरी यूवावर्गलाई गेमिङको भरपुर मज्जा लिन सघाउँछ । साथै, यसमा दूई ओटा नानो सिम र १ थान एसडी कार्ड एकै पटक प्रयोग गर्न सकिन्छ ।
एसडी कार्डको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार फोनको सञ्चय क्षमता २ सय ५६ जीबीसम्म बढाउन सक्छन् । फोनमा प्रयोग गरिएको नयाँ कलर ओएस ३.२ सञ्चालन प्रणली र फाइल आदान प्रदानकालागि उपलब्ध गरिएको ओ–सेयरले ६ देखि ७ ओटा साधारण तस्विर एकै सेकेण्डमा ट्रान्सफर गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रकाशित: १० माघ २०७४, बुधबार