यसरी पड्कियो आइफोनको ब्याट्री, ब्याट्री जाँच्दा होस गर्नुहोस् (भिडियोसहित)

Technology Khabar १० माघ २०७४, बुधबार

यसरी पड्कियो आइफोनको ब्याट्री, ब्याट्री जाँच्दा होस गर्नुहोस् (भिडियोसहित)

काठमाडौं, १० माघ । पछिल्लो दिनमा एप्पलले आइफोन स्लो गराएको आरोप आएपछि कम्पनीले फोनको ब्याट्रीको क्षमताको कारणले यस्तो गरेको स्पष्टिकरण दिएको थियो । आइफोन पुरानो हुँदैगएपछि त्यसको ब्याट्री क्षमता कमजोर हुने भनेर कम्पनीले आइफोनको परफरमेन्स स्लो बनाएको भएपनि एप्पलले त्यसपछि सस्तोमा ब्याट्री साट्ने योजना ल्याएको छ ।

आइफोनको ब्याट्री साट्ने योजनाबाट धेरै मानिसहरु लाभान्वित भएपनि अझै केहि मानिसहरु भने पुरानो ब्याट्री नै प्रयोग गर्न सकिन्छ कि भनेर हेरिरहेका छन् । यस्तै घट्नामा चीनमा आइफोनको ब्याट्री पड्किएको छ।

चीनमा हालै आइफोनको पुरानो ब्याट्री परम्परागत तरिकाले चेक गर्दा पड्किएको छ ।

ताइवान न्यूजकाअनुसार एक ग्राहकले तेस्रो पक्षमा गएर आइफोनको ब्याट्री रिप्लेस गर्दा सो घट्ना घटेको हो । आइफोन प्रयोगकर्ताले आफ्नो फोनको ब्याट्री तेस्रो पक्षीय रिटेलरका जाँच गर्न लग्दा सो पसलेले आइफोन ब्याट्री टोकेर परिक्षण गर्न खोज्दछ । सोहि बेला आइफोनको ब्याट्री पड्किएर आगोको ज्वाला निस्कन्छ ।

यस घट्नाको भिडियो सो स्टोरेको सेक्यूरिटी क्यामरामा क्याप्चर भएको छ, जसलाई लाखौं पटक हेरिएको छ ।

 

आइफोनको ब्याट्री पड्किएको सो घट्नामा कोहि पनि घाइते नभएको बताईएको छ ।

यदि तपाईँपनि ब्याट्री टोकेर परिक्षण गर्ने गर्नुहुन्छ भने त्यो पड्किनसक्ने संभावना हुनसक्नेछ ।

त्यसैले होस गर्नुहोस् आइफोनको आधिकारिक स्टोरमा गएर मात्र ब्याट्री परिवर्तन गर्नुहोस् ।

माध्यम

TK Viber

प्रकाशित: १० माघ २०७४, बुधबार

Loading...