अनलाईनबाटै करको सम्पूर्ण जानकारी पार्इने, यस्तो छ नेपाल ट्याक्स अनलाईन सेवा

Technology Khabar १० माघ २०७४, बुधबार

अनलाईनबाटै करको सम्पूर्ण जानकारी पार्इने, यस्तो छ नेपाल ट्याक्स अनलाईन सेवा

काठमाडौं ।

काठमाडौं, १० माघ । कर सम्बन्धि सेवा सुविधा तथा आबश्यक ऐन कानून एकै ठाँउबाट उपलब्ध गराउने उद्देश्यले नेपाल ट्याक्स अनलाईन NepalTaxOnline.com नामक वेवसाईट संचालनमा आएको छ ।

कर सम्बन्धि विभिन्न ऐन, नियम, निर्देशिका, परिपत्र, पुर्वादेश, न्यायधिकरण तथा सर्वोच्च अदालतका कर सम्बन्धि फैसलाहरु लगायतका कर सम्बन्धि सुचना, डाटा तथा अन्य आवश्यक विवरणहरु एकै स्थानमा उपलब्ध गराएको सो अनलाइन कम्पनीले जानकारी दिएको छ ।

आबश्यक विवरणका अतिरिक्त नेपालका कर क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरुले करको व्यवहारीक द्धिविधाका सम्बन्धमा लेखेका विभिन्न लेखहरु समेत सो वेवसाईटमा पढ्न पाईनेछ भने करदातालाई परेको समस्याको समाधानबारे अनलाईनबाटै कर विज्ञसँग सल्लाह समेत लिन सक्ने बताईएको छ ।

सो अनलाइन मार्फत कर सम्बन्धि मामलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातीप्राप्त व्यक्तिहरुले सेवाग्राहीहरुलाई आवश्यक सुझाव तथा सल्लाह दिने कम्पनीको भनाई छ । सो अनलाइनमा चार्टर्ड एकाउन्टेन्ट, कर परामर्शदाता, कानुनी सल्लाहकारलगायतको सहभागीता रहेको छ ।

प्रयोगकर्ताले नेपाल ट्याक्स अनलाईन वेवसाईट NepalTaxOnline.com मा गएर दर्ता गरी आफ्नो व्यबसाय अनुकुलको सदस्यता रकम एक पटक भुक्तानी गरेपछि यसमा रहेका सुचना तथा जानकारीहरु लिन सक्नेछन् ।

‘हाम्रो टिम जुनसुकै स्तरका करदातालाई सेवा दिन समर्पित भएको छ, नेपालमा करसम्बन्धि एकदमै ठुलो डाटाबेश, तथा पहिलो तथा अन्तिम कर सल्लाहकारको रुपमा कार्य गर्ने भिजन लिएर विभिन्न चर्चित तथा ख्याति प्राप्त व्यक्तित्वहरु एउटै छाता अन्तर्गत आउनुभएको छ,’ नेपाल ट्याक्स अनलाईनका प्रमुख कार्यकारी दिलिप फुयाँलले भने ।

Global Bank
easy care

प्रकाशित: १० माघ २०७४, बुधबार