ग्लोबल आइएमई बैंक अब संयुक्त अधिराज्य बेलायतमा पनि

Technology Khabar ८ माघ २०७४, सोमबार

ग्लोबल आइएमई बैंक अब संयुक्त अधिराज्य बेलायतमा पनि

काठमाडौं ।

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारदेखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्ट ह्याम्पसायरमा सम्र्पक/प्रतिनिधी कार्यालय खोलेको छ । ग्लोबल आइएमई बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय बिस्तार गरेको हो ।

संयुक्त अधिराज्य बेलायतको एल्डरसर्टस्थित सम्र्पक कार्यालयको एक समारोहका विच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरे । सम्र्पक कार्यालय उद्घाटन गर्दे नेपाल राष्ट्र बैंकका गर्भनर नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना गरे ।

बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्र्पक कार्यालय खोलेर हासिल गरेको नयाँ उपलब्धिले नेपालको आर्थिक बिकासमा नयाँ तरङग ल्याउने बिश्वास व्यक्त गरे ।

उक्त समारोहमा बेलायतको एल्डरसर्टका उच्च पदस्थ अधिकारीहरु समेत उपस्थित रहेका थिए ।

ग्लोबल आइएमई बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्र्पकरप्रतिनिधी कार्यालय खोलेपछि बैंककोे सम्र्पक/प्रतिनिधी कार्यालयले नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीहरु विच व्यापारिक एवं लगानी सम्वन्धी प्रवध्र्दनात्मक कार्यमा समेत सघाउने बैंकले जनाएको छ ।

easy care

प्रकाशित: ८ माघ २०७४, सोमबार

ताजा समाचार