हुन्डाईले ल्यायो ‘WINTER DELIGHT’ न्यानो स्किम्

Technology Khabar २६ पुष २०७४, बुधबार

हुन्डाईले ल्यायो ‘WINTER DELIGHT’ न्यानो स्किम्

काठमाडौं ।

काठमाडौं, २६ पुस । नेपालका लागी हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली. ले हुन्डाई WINTER DELIGHT स्किम् ल्याएको छ ।

सो योजनामार्फत ग्राहकहरुले हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुटको साथमा ६ लाख ९६ हजार रुपैयाँसम्मको सेवा सुबिधा प्राप्त गर्ने अवसर पाउने कम्पनीले जानकारी दिएको छ ।

सो योजना अन्तर्गत हरेक हुन्डाई गाडीको खरिदमा आकर्षक नगद छुट, निशुल्क १ वर्ष सम्मको बीमा, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, २० हजार रुपैयाँ बराबरको लोयल्टी बोनससँगै पुरानो सवारीको स्पट् एक्सचेन्ज तथा मुल्याँङ्कनको सुबिधा समेत प्राप्त गर्न सकिनेछ ।

साथै हरेक हुन्डाई गाडीको खरिदमा ४ वर्षसम्म निशुल्क सर्भिस र ३ वर्षको वारेन्टी पनि प्राप्त गर्न सकिने छ ।

यस योजना निर्धारित समयका लागी मात्र लागु हुने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २६ पुष २०७४, बुधबार