सगुनले ल्यायो एन्ड्रोइड भर्सनको मोबाइल एप, माई डे, सिक्रेट तथा मुड टक जस्ता फिचर

Technology Khabar २५ पुष २०७४, मंगलवार

सगुनले ल्यायो एन्ड्रोइड भर्सनको मोबाइल एप, माई डे, सिक्रेट तथा मुड टक जस्ता फिचर
Classic Tech
Nepal Telecom

काठमाडौं, २५ पुुस । सामाजिक ईकमर्स साइट सगुन(Sagoon) ले आफ्नो एन्डोइड मोवाइल एप मंगलबार नयाँ दिल्लीबाट सार्वजनिक गरेको छ। नयाँ दिल्लीको पाँचतारे द ललित होटलमा आयोजित एक कार्यक्रममा सगुनको मोवाइल एप सार्वजनिक गरियो।

सो मोबाइल एप बलिउड अभिनेतृ श्रद्धा कपुरले गरेकी थिईन् । कार्यक्रममा भारतीय नेताहरु, चलचित्रकर्मी, सरकारी अधिकारी, आइटी कम्पनीका प्रतिनिधिहरुलगायत विश्वभर रहेका सगुनका लगानीकर्ताहरु सहभागी भएको कम्पनीले जनाएको छ ।

अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको आइटी स्टार्टअप कम्पनी सगुनले स्मार्टफोनका पारिखीहरुलाई ध्यानमा राखेर मोवाइल एप प्ले स्टोरमार्फत सार्बजनिक गरेको हो ।

सगुनले दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप डेभलप गरेको हो । एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध सो एपले प्रयोगकर्ताको गोपनियतालाई निकै ध्यान दिएको दाबी गरिएको छ ।

सगुनको मोवाइल एप सूचनाको गोपनियतामा महत्वपूर्ण फड्को हुने सगुनका संस्थापक गोविन्द गिरीले उल्लेख गरे। उनले दक्षिण एशियाबाट सोसियल मुभमेन्ट शुरु गर्न चाहेकाे बताए ।

‘हामी ३ वर्ष भित्र सगुनलार्इ विश्वको उत्कृष्ट कम्पनी बनाउन चाहन्छौं त्यसको लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरिरहेका छौं,’ उनले भने ।

एपबाट पठाइने फोटो, टेक्स्ट, भिडियोलगायतका प्राप्त गर्नेले हेरीसकेपछि आफैं डिलिट हुने फरक खालको विशेषता यसमा छ ।

सो एपमा माई डे, सिक्रेट तथा मुड टकलगायतका फिचरहरु राखिएको कम्पनीकी सह संस्थापक स्वाती दयालले जानकारी दिईन् ।

एपमा आफ्नो गोप्य कुरा, फोटोहरु, परिवारका सदस्य, साथी र आफ्नो समुदायका ब्यक्तिहरुलाई बाँड्नसकिन्छ । यसैगरी आफ्नो समूह ब्यवस्थित गरेर टेक्स्ट, फोटो र स्टिकरहरु आदान प्रदान गर्न सकिने विशेषता मोवाइल एपमा राखिएको जानकारी दिईयो।

खासमा सगुनको मोवाइल एप वेव भर्सनको अर्को रुप हो । मोवाइलमा वेव व्राउजर नखोली एपबाटै वेवमा रहेका सबै कुरा चलाउन सकिने भएकाले यो एप निकै लोकप्रिय हुने सगुनले आशा गरेको छ ।

यसमा सेक्रेट नामक छुट्टै एप छ, जसबाट दैनिक गोप्य स्टोरीहरु साथीभाई र परिवारलाई सेयर गर्न सकिन्छ । आफ्ना मेमोरेबल इभेन्टहरुलाई सेयर गर्न कस्टोमाइज्ड अप्सन पनि राखिएको छ । यसले तपाईका प्रियजनलाई मात्रै दिनभरीको स्टोरी सेयर गरिदिन्छ । यसमा दैनिक सेड्युल वा साप्ताहिक सेड्युल बनाउन सकिने कम्पनीले जनाएको छ ।

सगुनको एन्ड्रोइड भर्सनको मोबाइल एप यहाँ क्लिक गरेर डाउनलोड गर्न सकिन्छ ।

TK Viber

प्रकाशित: २५ पुष २०७४, मंगलवार

Comments are closed.

Loading...