एप्पलको आइफोनदेखि म्याक डिभाइससम्म ह्याक हुनसक्ने खतरा

Technology Khabar २३ पुष २०७४, आईतवार

एप्पलको आइफोनदेखि म्याक डिभाइससम्म ह्याक हुनसक्ने खतरा

काठमाडौं ।

काठमाडौं, २३ पुस । टेक्नोलोजी कम्पनी एप्पलले कम्पनीका सबैजसो डिभाइस प्रोसेसरमा आएको नयाँ समस्याद्धारा प्रभावित भएको पुष्टि गरेको छ । कम्पनीले प्रयोग गर्ने इन्टेल intel, एएमडी AMDर एआरएम ARM को प्रोसेसरमा गंभीर त्रुटि भेटिएको छ, जसको माध्यमबाट ह्याकरहरुले डिभाइसलाई पुरै किसिमले नियन्त्रण गर्न सक्नेछन् ।

यी तीन वटै प्रोसेसर निर्माता कम्पनीहरु विश्वका अधिकांश कम्प्यूटर तथा स्मार्टफोनहरुमा प्रयोग गरिएको छ । जसको अर्थ हरेक जसो कम्प्यूटरहरु प्रभावित भएका छन् ।

एप्पलले हालै एक विज्ञप्तिमार्फत कम्पनीका सबै म्याक तथा आईओएस डिभाइस अर्थात आइफोन तथा आइप्याड मेल्टडाउन(Meltdown) तथा स्पेक्ट्रे (Spectre) नामक बग बाट प्रभावित भएका छन् । यसअघि गूगल रिक्योरिटी ब्लगकमा यसको बारेमा उल्लेख गरिएको थियो र यो निकै गंभीर हुनसक्ने बताईएको थियो ।

एप्पलले यो समस्या सबै आधुनिक प्रोसेसरमा रहेको र लगभग सबै डिभाइस तथा अपरेटिंग सिस्टमहरु प्रभावित रहेका बताएको छ । सबै म्याक सिस्टम तथा आइओएस डिभाइसहरु प्रभावित छन, तर अहिलेसम्म ग्राहकहरुले कुनै किसिमको समस्या नभोगेको बताईएको छ ।

जे भएपनि एप्पलका सबैजसो डिभाइसहरु खतरामा छन र यदि कुनै ह्याकरले चाहेमा यसको फाइदा उठाएर कम्प्यूटर तथा मोबाइललाई ह्याक गर्न सक्नेछ ।

एप्पलले यस्तो समस्याहरु एप्समा भएका खतरनाक कोडहरुको माध्यमबाट हुने गर्दछ । त्यसैले एप्पल यूजर्सले केबल विश्वासिलो श्रोतबाट मात्र एप डाउनलोड गर्न अनुरोध गरेको छ ।

एप्पलले छिटै मोबाइल तथा कम्प्यूटर दुबै प्लेटफर्मका लागि एक प्याच जारी गर्ने उल्लेख गरेको छ । त्यसैगरि म्याक ओएस १०.१३.२ र आइओएस टिभीका लागि पनि सुरक्षा प्याच उपलब्ध गराउनेछ ।

यसअघि नै माइक्रोसफ्टले विण्डोज कम्प्यूटर प्रयोगकर्ताहरुका लागि इमरजेन्सी सिक्योरिटी प्याच उपलब्ध गराएको थियो भने गूगलले पनि एन्ड्रोयड स्मार्टफोनका लागि प्याच जारी गरेको थियो ।

यस्तो खतरनाक बगका कारण तपाईँको कम्प्यूटरको एक्सेस नभएको व्यक्तिले पनि तपाईँको सिस्टमबाट गोप्य जानकारीहरु चोर्न सक्नेछ । जस्तो जानकारीहरु पासवर्डस, एनक्रिप्टेड की, तथा एपसँग सम्बन्धित जानकारीहरु हुन सक्नेछ ।

Global Bank
easy care

प्रकाशित: २३ पुष २०७४, आईतवार

ताजा समाचार