सुबिसु केवलनेट १८औँ वर्षमा प्रबेश

Technology Khabar २३ पुष २०७४, आईतवार

सुबिसु केवलनेट १८औँ वर्षमा प्रबेश

काठमाडौं ।

काठमाडौं, २३ पुस । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट (प्रा.) लि १८औँ वर्षमा प्रबेश गरेको छ ।

सन् २००१देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने एक अग्रणी कम्पनीको रुपमा स्थापित भएको कम्पनीको भनार्इ छ ।

कम्पनीले आफ्ना ग्राहकहरुलाई थप नबिनतम सेवाहरु जस्तै– डिजिटल टिभी सेवा, इन्टरनेट टिभी-ओटीटी(ओभर द टप) सेवा र फिफ्त(फाइबर टु दि होम)/ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदान गरिरहेको छ ।

‘सुबिसु सफलतापूर्वक १८ औं वर्षमा प्रवेस गर्नुमा हाम्रा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो । हामी ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब हामीसंग रहोस भन्ने चाहन्छौं । हामी अझ केन्द्रित रहि आफ्ना अमूल्य ग्राहकहरुलाई थप उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं, ‘सुबिसुका प्रमुख कार्यकारी अधिकृत बिनयमोहन साउदले भने ।

easy care

प्रकाशित: २३ पुष २०७४, आईतवार