टेलिकमको ल्याण्डलाइन फोनमा पैसा शुरुमै नतिरे सेवा बन्द हुने

Technology Khabar २३ पुष २०७४, आईतवार

टेलिकमको ल्याण्डलाइन फोनमा पैसा शुरुमै नतिरे सेवा बन्द हुने
फाइल

काठमाडौं ।

काठमाडौं, २३ पुस। नेपाल टेलिकमले ल्यान्डलाईन फोनको विलिङ सिष्टम परिवर्तन गर्ने भएको छ । टेलिकमको ल्याण्डलाइन फोन पनि अब प्रीपेड मोबाइलकै सिस्टममा सञ्चालन हुने भएको हो ।

टेलिकमले विलिङ सिष्टम सिआरटिबी एन्ड सिएस (कनभर्जेन्ट रियल टाइम विलिङ एन्ड कष्टमर सर्पोट) लाई रुपान्तरण गर्न लागेको हो । फोनलाई रियलटाइम विलिङ सिस्टममा रुपान्तरण गरेर प्रीपेड मोबाइल सेवा जस्तै बनाउन लागेको हो ।

यसको अर्थ अब सुरुमै पैसा तिर्नुपर्छ र जति पैसा तिरिएको हो त्यति बराबर कल गरिसकेपछि फोन आफैं काटिनेछ । हाल यस्तो प्रणाली मोबाइल सेवामा मात्रै रहेकाे छ ।

रुपान्तरणपछि टेलिफोनमा रहेको क्रेडिट लिमिटको हदसम्म मात्र सेवा उपयोग गर्न पाउने छन् । डिपोजिट भन्दा बढी जाने वित्तिकै सेवा स्वतः बन्द हुने समेत टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले लाइनका बक्यौता रकम समयमै भुक्तानी गर्नुका साथै आवश्यक रकम अग्रिम रुपमा जम्मा गरी सेवा सुचारु गर्न समेत आग्रह गरेको छ ।

 

पुसको अन्तिम सातादेखि टेलिकमले ल्याण्डलाइन फोनलाई नयाँ बिलिङ प्रणालीबाट सञ्चालन गर्न लागेको हो। सो प्रणाली लागू भएपछि फोन गर्ने वित्तिकै कति रुपैंयाँ बिल उठ्यो भन्ने समेत जानकारी पाइनेछ ।

देशभर टेलिकमका ६ लाख ७८ हजार ९ सय ९० ल्याण्डलाइन फोनका ग्राहक रहेका छन् ।

Global Bank
easy care

प्रकाशित: २३ पुष २०७४, आईतवार

ताजा समाचार