डिस्प्ले मुनि फिंगरप्रिन्ट स्क्यानर भएको पहिलो फोन ‘भीभो एक्स २० प्लस’

Technology Khabar २० पुष २०७४, बिहीबार

डिस्प्ले मुनि फिंगरप्रिन्ट स्क्यानर भएको पहिलो फोन ‘भीभो एक्स २० प्लस’

काठमाडौं ।

काठमाडौं, २० पुस । हालसम्म विश्वमा कुनैपनि स्मार्टफोनले डिस्प्लेको मुनि फिंगरप्रिन्ट स्क्यानर राख्न सकेको छैन् । यसअघि सामसंगले ग्यालेक्सी एस ८ सिरिजमा र एप्पलले आइफोन एक्समा डिस्प्लेको मुनि फिंगरप्रिन्ट स्क्यानर राख्ने निकै प्रयास गरेपनि सफल भएको थिएन् ।

तर हाल भने चीनियाँ स्मार्टफोन मेकर कम्पनी भीभोले डिस्प्लेको मुनि फिंगरप्रिन्ट स्क्यानर प्रविधिसहितको स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको छ ।

कम्पनीले विश्वमा नै पहिलो पटक डिस्प्लेको मुनि फिंगरप्रिन्ट स्क्यानर भएको स्मार्टफोन सार्वजनिक गर्ने रिपोर्टहरु बाहिर आएका छन् ।

चीनको सर्टिफिकेसन वेबसाइट टेनामा भीभो एक्स २० प्लस लिस्टेड भएको छ । जसको पछाडि पट्टि यूडी जोडिएर भीभो एक्स २० प्लस यूडी राखिएको छ । यसमध्ये यूडीको अर्थ अण्डर डिस्प्ले (Under Display) रहेको दाबी गरिएको छ ।

कम्पनीले छिट्टै यो स्मार्टफोन बजारमा ल्याउने अनुमान गरिएको छ । यसअघि नै डिसेम्बर २०१७ मा विश्वको पहिलो डिस्प्लेको मुनि फिंगरप्रिन्ट स्क्यानर भएको स्मार्टफोन आउने बताईएको थियो । यसको उत्पादकले केहि दिनमा नै शुरु हुने कन्ज्यूमर ईलेक्ट्रोनिक्स शो २०१८ मा नै भीभोले यो स्मार्टफोन प्रदर्शन गर्ने बताएको थियो ।

तर यो विषयमा कम्पनीले हालसम्म केहि जानकारी दिएको छैन् । र डिस्प्लेको मुनि फिंगरप्रिन्ट स्क्यानर सपोर्ट गर्दछ वा गर्दैन भन्ने बारेमा पनि बोलेको छैन् ।

जे भएतापनि भीभो एक्स २० प्लस यूडीमा ६.४३ इन्चको फूल स्क्रीन हुनेछ भने फोनमा स्न्यापड्रागन ६६० चीपसेट प्रयोग गरिनेछ ।

फोटोका लागि १२ प्लस १२ मेगापिक्सेलको ड्यूल रियर क्यामरा राखिने छ भने अन्य नयाँ फीचरहरु पनि आउने अनुमान गरिएको छ ।
त्यस्तै यसमा फास्ट चार्जिग सपोर्ट छ भने फोरजी एलटिई कनेक्टिभिटी राखिएको छ ।

माध्यम

easy care

प्रकाशित: २० पुष २०७४, बिहीबार

ताजा समाचार