कोका-कोला सानो साइजको पेट बोतलमा, मूल्य ४० रुपैयाँ

Technology Khabar १४ पुष २०७४, शुक्रबार

कोका-कोला सानो साइजको पेट बोतलमा, मूल्य ४० रुपैयाँ
NTC_Advt

काठमाडौं ।

काठमाडौं, १४ पुस। कोका-कोलाले आफ्ना उत्पादनहरु कोकाकोला, फ्यान्टा र स्प्राइटलाई सानो पेट बोतल (प्लाष्टिक बोतल) मा नेपाली बजारमा ल्याएको छ । नयाँ बोतलमा आएसँगै कोका-कोलाको पेट बोतल श्रेणीहरु थप भएका छन् ।

ग्राहकको बढ्दो मागलाई मध्येनजर र ध्यानमा राख्दै कम्पनीले ३०० एमएलको पेट बोतलमा आफ्ना उत्पादन बजारमा ल्याएको जनाएको छ । जसको मूल्य ४० रुपैयाँ तोकिएको छ ।

नयाँ प्याक सार्वजनिक गर्दै कोका-कोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले भने ‘ग्राहकको बढ्दो माग अनुसार हामीले सानो साइजको बोतल बजारमा ल्याएका छौँ । यो सानो प्याकसँगै हाम्रा ग्राहकलाई आफ्नो चाहना अनुसारको साइजमा पेय पदार्थ छनौट गर्न समेत सजिलो भएको छ । हामीलाई विस्वास छ, हाम्रा ग्राहकले यो फुच्चे प्याक मन पाराई यसको आनन्द लिनु हुनेछ ।’

प्रकाशित: १४ पुष २०७४, शुक्रबार