ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा मोटरसाइकल उपहार पार्इने

Technology Khabar १३ पुष २०७४, बिहीबार

ताम्राकार कम्प्लेक्समा मोबाइल किन्दा मोटरसाइकल उपहार पार्इने
फाईल

काठमाडौं ।

काठमाडौं, १३ पुस । अंग्रेजी नयाँ बर्षका दिनदेखि एक सातासम्म सम्म मोबाइल खरिद गर्नेलाई ताम्राकार कम्प्लेक्सले मोटरसाइकल उपहार प्रदान गर्ने भएको छ । ताम्राकारमा मोबाइल किनौं मोटरसाइकल चढौं भन्ने नारा सहित कम्प्लेक्सले यस्तो अफर ल्याएको जानकारी दिएको छ ।

कम्प्लेक्सले एक साताको अवधिमा मोबाइल खरिद गर्नेहरु मध्येबाट लक्की ड्र मार्फत एक जनालाई सुजुकीको मोटरसाइकल बितरण गर्न लागेको हो ।

जनवरी १ तारिखबाट ७ तारिख सम्म मोबाइल खरिद गर्नेहरु मध्येबाट गोला प्रथा गरी एक जनालाई सुजुकीको मोटरसाइकल प्रदान गरिने ताम्राकार कम्प्लेक्स मोबाइल ब्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए ।

दशैं तिहारको बहार ताम्राकारमा मोबाइल किन्दा उपहार नै उपहार योजनाअन्तर्गत पहिलो मोटरसाइकल ससेन्द्र बिक्रम चौधरीले पाएका थिए भने दोस्रो बम्पर उपहार बुद्धनगरका रमेश तण्डुकारले पाएका थिए । ताम्राकारकै बम्पर उपहार योजना अन्तर्गतको ताम्राकारको दशैं तिहार उपहार योजना अन्तर्गत ५० जनाले मोबाइल, ६५ जनाले पावर बैंक र ५० भन्दा बढी ब्लुतुथ बितरण गरिएको ताम्राकार कम्प्लेक्स मोबाइल ब्यापार संघका अध्यक्ष साउदले जानकारी दिए ।

मोटरसाइकलको लक्की ड्र अंग्रेजी महिना जनवरीको दोस्रो साता खोलिने बताइएको छ ।

easy care

प्रकाशित: १३ पुष २०७४, बिहीबार

ताजा समाचार