सुबिसुले नोकियाका उत्पादनहरु प्रयोग गर्ने

Technology Khabar १३ पुष २०७४, बिहीबार

सुबिसुले नोकियाका उत्पादनहरु प्रयोग गर्ने

काठमाडौं ।

काठमाडौं । सुबिसु केबलनेट प्रा.लि.ले आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि नोकियासँग गुणस्तरीय उत्पादनहरुका लागि सहकार्य गरेको छ ।

सुबिसु केबलनेटले आगामी दिनमा फाइबर टू होम सेवाको लागि नोकियाका उत्पादनहरु प्रयोग गर्ने गरि बुधवार एक कार्यक्रमकाबीच सम्झौता गरिएको छ । सो सम्झौतामा सुबिसुका तर्फबाट बिनय मोहन साउद र नोकियाका तर्फबाट बिनेस बाबाले हस्ताक्षर गरेको जानकारी दिईयो ।

सुबिसुले आगामी दिनमा नेपाल दूरसंचार प्राधिकरणले प्रदान गरेको प्रदेश नम्बर २ को आठ जिल्लामा ब्रोडब्याण्ड पुर्याउनुपर्ने स्विकृतीअनुसार सो उत्पादनहरु प्रयोग गरिने जानकारी दिईयो ।

नोकियाका उत्पादनहरुका साथमा कम्पनीले ग्राहकहरुलाई उच्चस्तरीय सपोर्ट सुविधासँगै राम्रो, सुदृढ र गुणस्तरीय सेवा उपलब्ध गराउनका लागि आफ्ना ग्राहकहरुलाई तुरुन्तै २.५ जिपिएस गतिको इन्टरनेट र भविष्यमा १० जिपिएस गतिको इन्टरनेट सेवा प्रदान गर्ने मुख्य उद्देश्य राखेको छ ।

easy care

प्रकाशित: १३ पुष २०७४, बिहीबार

ताजा समाचार