सामसंग ग्यालेक्सी ए ८प्लस(2018) भर्सन नेपाल आउँदै, कति होला मूल्य ?

Technology Khabar १२ पुष २०७४, बुधबार

सामसंग ग्यालेक्सी ए ८प्लस(2018) भर्सन नेपाल आउँदै, कति होला मूल्य ?

काठमाडौं ।

काठमाडौं, १२ पुस । सामसंगले आफ्नो सबैभन्दा पछिल्लो सार्वजनिक गरेको ए सिरिजको स्मार्टफोन नेपाली बजारमा भित्र्याउने तयारी गरेको छ । कम्पनीले ग्यालेक्सी ए ८ प्लस (२०१८) स्मार्टफोन बजारमा ल्याउन लागेको छ ।

सामसंगको ग्यालेक्सी ए ८ सिरिजमा हालै विश्व बजारमा सार्वजनिक भएको नयाँ स्मार्टफोन हो ए ८ प्लस (Galaxy A8+)। यसका साथमा सामसंगले ए ८ (Galaxy A8) पनि सार्वजनिक गरेको थियो । तर नेपाली बजारमा भने हाल ए ८ प्लस मात्र अाउने देखिएको छ ।

यो स्मार्टफोनमा ६ इन्चको इन्फिनिटी डिस्प्ले, सूपर एमोलेड फूलएचडी डिस्प्ले राखिएको छ, जसमा १०८०x२२२० पिक्सेलको रिजोल्यूशन राखिएको छ ।

कम्पनीले यसमा २.२ गीजाहर्जको अक्टाकोर एक्सनोज ७८८५ चीपसेट राखेको छ भने यसमा ४ जीबी र ६ जीबीको र्याम तथा ३२ जीबी र ६४ जीबीको दुईवटा फरक फरक आन्तरिक स्टोरेज छ । यसको स्टोरेजलाई बढाएर २५६ जीबीसम्म पुर्याउन सकिन्छ ।

यो स्मार्टफोनमा सामसंग पे, एक्सेलेरोमिटर, ब्यारोमिटर, फिंगरप्रिन्ट सेन्सर, गाइरो सेनसरलगायतका विभिन्न सेन्सर राखिएको छ । यसको मोटाई ८.३ मिलिमिटरको छ भने १९१ ग्रामको तौल रहेको छ ।

साँच्चिकै भन्दा दूबै भर्सन यसअघि आएको ग्यालेक्सी ए५(२०१७) र ए ७(२०१७) भर्सनको अपग्रेडेड भर्सन हो, न की ग्यालेक्सी ए ८ को ।

यी फोनमा डुअल फ्रन्ट क्यामरा तथा इनफिनिटी डिस्प्ले जस्ता फिचर्स रहेका छन् ।

सामसंगले ए सिरिजका यी दुबै फोनमा पहिलो पटक दुई वटा सेल्फी क्यामेरा राखेको छ। यी फोनहरुमा १६ र ८ मेगापिक्सेलका दुई सेल्फी क्यामेरा छन्। फोनको रियर क्यामरा भने १६ मेगापिक्सेलको छ।

दुबै फोनमा इन्फिनिटी डिस्प्ले प्रयोग गरिएको छ। यिनले गियर भिआर सपोर्ट गर्छन् भने गोरिला ग्लाससमेत दिइएको छ। ब्ल्याक, आर्किड ग्रे, गोल्ड तथा ब्लू चार रङमा उपलब्ध हुने छ ।

ए ८ मा ५.६ र ए८ प्लसमा ६ इन्चको सुपर एमोलेड स्क्रिन छ। दुबै फोन एन्ड्रोयडको नूगट ७.१ भर्सनमा संचालन हुन्छन भने यसमा २.२ गीगाहर्जको अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ।

ए८ मा ४ जीबी र्याम तथा ए८ प्लस ४ र ६ जीबी भेरियन्टमा उपलब्ध छ। दुबै फोनमा ३२ र ६४ जीबीको इन्टरनल स्टोरेज छ।

त्यस्तै ए८ मा ३ हजार तथा ए८ प्लसमा ३ हजार ५ सय एमएएच क्षमताको ब्याट्री छ। यिनले फास्ट चार्जिङ समेत सपोर्ट गर्छन् भने अाइपी ६८ वाटरप्रुफ छन्।

कम्पनीले मोडल नम्बर एसएम-ए७३०एफ(SM-A730F) भएको सामसंग ग्यालेक्सी ए ८ प्लस स्मार्टफोन भित्र्याउन औपचारिक प्रकृया अगाडि बढाईसकेको छ । संभवत यो फोन नेपाली बजारमा जनवरीको पहिलो साता सार्वजनिक हुनेछ ।

तर यो स्मार्टफोनको नेपाली बजारमा कति रुपैयाँ पर्नेछ भन्ने हाल केहि जानकारी छैन् । भियतनामको बजारमा यो फोनको मूल्य करिब ५९३ अमेरिकी डलर तोकिएको छ । तर नेपालमा भने त्यो भन्दा केहि फरक हुनसक्नेछ । संभवत नेपाली बजारमा यसको मूल्य ६३ हजार रुपैयाँको हाराहारीमा हुनसक्नेछ ।

easy care

प्रकाशित: १२ पुष २०७४, बुधबार