ह्वावे अनरको नयाँ ब्लूटूथ स्पीकर, स्पीकरबाटै फोन गर्न सकिने सुविधा

Technology Khabar १२ पुष २०७४, बुधबार

ह्वावे अनरको नयाँ ब्लूटूथ स्पीकर, स्पीकरबाटै फोन गर्न सकिने सुविधा
NTC_Advt

काठमाडौं, १२ पुस । ह्वावेले भर्खरै विश्व बजारमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । पछिल्लो दिनमा ह्वावेले नयाँ नयाँ स्मार्टफोन लन्च गर्न व्यस्त भईरहेको बेलामा पनि कम्पनीले हालै नयाँ प्रोडक्ट बजारमा ल्याएको छ ।

ह्वावेले हालै चीनमा नयाँ पोर्टेबल ब्लूटूथ स्पीकर सार्वजनिक गरेको छ, जसको ना अनर एएम५१ राखिएको छ ।

अनर एएम५१ स्पीकरमा कम्पनीले नयाँ फीचरहरु समेत राखेको छ । यो स्पीकर डोनटको जस्तो आकारमा बनाईएको छ । यसमा स्पीकर समाउनका लागि स्ट्राप पनि राखिएको छ ।

यो स्पीकरको विशेषता भनेको यसमा भएको माइक्रोफोन हो, जसको माध्यमबाट यूजर्सले कल गर्न तथा फोन रिसिभ गर्न सक्दछ ।
अनर एएम५१ स्पीकर आइपी ५एक्स वाटर रेसिस्ट्यान्ट रेटिंग भएको स्पीकर हो ।

अनरको यो स्पीकरमा ७०० एमएएचको ब्याट्री राखिएको छ, जसले ८.५ घण्टासम्म चलाउन सक्ने दाबी गरिएको छ । यो स्पीकरलाई यूएसबीको माध्यमबाट पनि चार्ज गर्न सकिन्छ ।

यसमा कनेक्सनको लागि ब्लूटूथ ४.१ भर्सन उपलब्ध छ भने यसले १० मिटरसम्म कनेक्सन गर्न सकिन्छ ।

यो स्पीकर ३.५ वाटको छ भने यसको तौल १९० ग्रामको छ ।

चीनमा आगामी सन् २०१८ जनवरी ८ तारिखदेखि बिक्रीका लागि उपलब्ध हुने यो स्पीकर ब्लू, ग्रे, तथा रेड कलर अप्सनमा उपलब्ध हुनेछ । कम्पनीले यसको मूल्य १९९ चिनियाँ यूआन तोकेको छ ।

माध्यम

प्रकाशित: १२ पुष २०७४, बुधबार