ओपोले पायो क्यानस्टार ब्लू अवार्डको ‘समग्र उपभोक्ता सन्तुष्टि–स्मार्टफोन’ उपाधी

Technology Khabar ६ पुष २०७४, बिहीबार

ओपोले पायो क्यानस्टार ब्लू अवार्डको ‘समग्र उपभोक्ता सन्तुष्टि–स्मार्टफोन’ उपाधी

काठमाडौं ।

काठमाडौं, ६ पुस । स्मार्टफोन निर्माता, ओपोलाई बहुप्रतिष्ठित क्यानस्टार ब्लू अवार्ड्सद्वारा ‘समग्र उपभोक्ता सन्तुष्टि–स्मार्टफोन’ (Canstar Blue Award for “Most Satisfied Customers -Smartphones”) श्रेणीमा सन् २०१७ का लागि सम्मानित गरिएको छ ।

क्यानस्टार ब्राण्ड सम्बन्धि सोध तथा रेटिङ प्रदान गर्ने अष्ट्रेलियाकै सर्वाधिक ठूलो मध्यको एक रिसर्च कम्पनी हो । अष्ट्रेलिया स्थित क्यानस्टारले अष्ट्रेलियालगायत अन्य राष्ट्रमा कम्पनीले हात पारेको उल्लेखनिय सफलताका लागि यो सम्मान प्रदान गरिएको बताइएको छ ।

उपभोक्ताको दृष्टिकोण, प्रत्यक्ष राय तथा सुझावका आधारमा दिइने यो प्रतिष्ठित अवार्डअन्तर्गत प्रयोगकर्ता मैत्री, खर्चको उचित मूल्य, ब्याट्रीको आयू, क्यामेराको गुणस्तर, गति तथा लुक्स लगायत विभिन्न विधाहरुमा ब्राण्ड मनोनयन तथा अवार्ड प्रदान गरिन्छ ।

अवार्डका लागि मनोनयनमा परेको पहिलो बर्षमै ओपोले ‘समग्र उपभोक्ता सन्तुष्टि’ लगायत अधिकांश विधाहरुमा पाँच तारे रेटिङ हात पार्न सफल भएको छ । यसले सो विद्यामा ओपोलाई स्पष्ट विजेता घोषित गर्न सघाएको बताईएको छ ।

‘हामीले आफ्ना उपभोक्तालाई उत्कृष्ट फिचर्स तथा क्यामेरा प्रविधि उपलब्ध गराउने सोचका साथ रिसर्च एण्ड डेभलपमेण्टमा उल्लेख्य लगानी गरेका छौँ । यसका लागि उपभोक्ताको प्रत्यक्ष मतबाट प्रोत्साहन तथा सम्मान हात पार्न पाउँदा हामी निकै गौरवान्वित छौँ ’, कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

ब्यवसायका रुपमा ओपोले उपभोक्तालाई स्थापनाकाल देखि नै सुपथ मुल्यमा उत्कृष्ट स्मार्टफोन उपलब्ध गराउँदै आइरहेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ६ पुष २०७४, बिहीबार