टेलिकमको ‘विन्टर अफर’, डाटा चलाउँदा छुटैछुट, यस्ता छन् अफरहरु

Technology Khabar ६ पुष २०७४, बिहीबार

टेलिकमको ‘विन्टर अफर’, डाटा चलाउँदा छुटैछुट, यस्ता छन् अफरहरु
फाइल

काठमाडौं ।

काठमाडौं, ६ पुस । नेपाल टेलिकमले आफ्ना सेवाग्राहीहरुका लागी जाडो मौसमको अवसर पारेर विभिन्न प्रकारको ‘विन्टर अफर’ उपलब्ध गराएको छ । सो अफर शुक्रबारदेखि लागू हुनेछ । सो अफर आगामी माघ २१ गतेसम्म कायम रहने टेलिकमले जानकारी दिएको छ ।

कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसको रुपमा डाटा स्ट्रिमिङ प्याक समेत उपलब्ध गराएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिने छ ।

यस्तो छ अफरहरु-

विन्टर अल टाइम डाटा प्याक
जिएसएम प्रिपेडर पोष्टपेड तथा सिडिएमए प्रिपेड र पोष्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिन्छ । विन्टर अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । त्यसैगरी ६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

१ सय २० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५ सय एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५ सय एमबी स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

यो प्याक लिनका लागि WIN25MB, WIN150MB  वा  WIN500MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।

विन्टर नाइट डाटा प्याक
जिएसएम प्रिपेड र पोष्टपेड तथा सिडिएमए प्रिपेड र पोष्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यो प्याक बेलुकी १० बजेदेखि विहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ। बोनसको रुपमा उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि यही समयमै प्रयोग गर्न सकिने छ।

विन्टर नाइट डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १ सय २० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १ सय २० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

त्यसैगरी ६० रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७ सय एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी ७ सय एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ । १ सय २० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १ सय एमबी डाटा र ७ दिनसम्म उपभोग गर्न पाउने गरी १६ सय एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

यो प्याक लिनका लागि WIN25MB, WIN150MB  वा  WIN500MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।

विन्टर फेसबुक र इन्स्टाग्राम प्याक
जिएसएम प्रिपेड र पोष्टपेड तथा सिडिएमए प्रिपेड  र पोष्टपेड मोबाइलमा विन्टर फेसबुक/इन्स्टाग्राम डाटा प्याक प्रयोग गर्न सकिन्छ ।

विन्टर फेसबुक/इन्स्टाग्राम डाटा प्याक अन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा र एक दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

त्यसैगरी ६० रुपैयाँमा चौध दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २ सय ७५ एमबी डाटा र ३ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी २ सय ७५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

१ सय २० रुपैयाँमा २८ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६ सय एमबी डाटा र ५ दिनसम्म चौबिसै घण्टा उपभोग गर्न पाउने गरी ६ सय एमबी डाटा स्ट्रिमिङ प्याक बोनसको रुपमा उपलब्ध गराइएको छ ।

यो प्याक लिनका लागि WF50MB, WF275MB  वा   WF600MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।

एसएमएस प्याक
जिएसएम प्रिपेड र पोष्टपेड तथा सिडिएमए प्रिपेड र पोष्टपेड मोबाइलमा एसएमएस प्याकेज प्रयोग गर्न सकिन्छ । यो प्याक अन्तर्गत १० रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५० वटा एसएमएस र गरी ५० वटा बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसरी १० रुपैयाँमा १०० वटा एसएमएस गर्न सकिने छ ।

एसएमएस प्याक लिनका लागि SMS100 लेखेर १४१५ मा एसएमएस पठाउनु पर्छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ६ पुष २०७४, बिहीबार

ताजा समाचार