नेपालीले नै बनाए मोबाइल एप प्रयोग गरेर डाँडामा पानी पुर्याउने प्रविधि

Technology Khabar ६ पुष २०७४, बिहीबार

नेपालीले नै बनाए मोबाइल एप प्रयोग गरेर डाँडामा पानी पुर्याउने प्रविधि
Classic Tech

काठमाडौं, ६ पुस। अब मोबाइलको प्रयोग गरेर नै लिफ्ट प्रविधिको सिँचाई गर्न सकिने भएको छ । यो प्रविधि सफलरुपमा नेपालमै शुरु भएको हो ।

म्याग्दी जिल्लाका कृष्ण बहादुर खत्रीले नेपालमै पहिलो पटक मोबाइल एप प्रयोग गरेर लिफ्ट प्रविधिको सिँचाई संचालन गर्न सकिने प्रविधि निर्माण गरेका हुन् । सो प्रविधिमार्फत २५० मिटर परबाट नै स्वीच अन/अफ गर्न सकिने बतार्इएको छ ।

म्याग्दीमा पहिलोपटक मोबाइल एप्सको प्रयोग गरी लिफ्ट प्रविधिको सिँचाइ सञ्चालन गरिएको छ ।

म्याग्दी नदीको किनारमा रहेको लिफ्ट प्रविधिको सिँचाइलाई एन्ड्रोइड मोबाइलको प्रयोग गरी स्थानीय कृष्णबहादुर खत्रीले म्याग्दी नदीपारिबाट सिँचाइको कन्ट्रोल र मेकानिकल सर्किटलाई चलाएर नदीबाट २५० मिटरमाथि बेनी नगरपालिका–२, खवरामा ६३ एमएलको पाइपमार्फत पानी पुर्याएका हुन्।

मोबाइलबाट सिँचाइको इनारमा प्रयोग गरिएको मेसिनको मेनस्विच २५० मिटर वरपरबाट अन गरेको पाँच सेकेण्डमै २५० मिटरको दूरीमा रहेको खवराको लब्लीहिलमा पानी खसेको हो ।

धौलागिरि क्षेत्रमा नै पहिलोपटक म्याग्दीमा मोबाइल एप्सको माध्यमबाट सिँचाइ आयोजनाको पानी आपूर्ति बन्द र खुल्ला गर्ने प्रविधिको प्रयोग सफल भएको खत्रीले बताए ।

बेनी नगरपालिका–७ हुलाकचोकका खत्री इलेक्टोनिक्स सेन्टरका सञ्चालक समेत हुन्। यसअघि खत्रीले लिफ्ट प्रविधिको सिँचाइ आयोजना सञ्चालन गरिएको म्याग्दी नदीको मंगलाघाट क्षेत्रवाट करिब १५० मिटर दूरीमा रहेको आफ्नो घरबाटै पनि सिँचाइको मेनस्विच अन र अफ गरेका थिए ।

जिल्लामा इलेक्टोनिक्स र प्रविधिको प्रयोगमा अब्बल रहेका खत्रीले नेपालमै एप्सको प्रयोगबाट सिँचाइलाई कन्ट्रोल गर्ने निकै कम रहेको दाबीसमेत गरे । एप्सको एकपटक अन र अफ गर्न करिब चार रुपैयाँ खर्च हुने उनले बताए।

स्रोत माध्यम

TK Viber

प्रकाशित: ६ पुष २०७४, बिहीबार

Loading...