‘आइएमई छक्का–पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक

Technology Khabar २८ मंसिर २०७४, बिहीबार

‘आइएमई छक्का–पञ्जा’अफरको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं ।

काठमाडौं, २८ मंसिर । दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’ अफर अन्तर्गत दोश्रो तथा अन्तिम बम्पर उपहार नीलमणि रोकायाले प्राप्त गरेका छन् । मलेसियाबाट नेपालमा पैसा पठाएका रोकाया सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की ड्र’ बाट विजेता घोषित भएका हुन् । पैसा पठाउने रोकाया वा नीजले सिफारिस गरेका व्यक्तिले नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै अन्तिम तथा छैठौं १५ दिनको जीवन बीमा आइएमई सेवाग्राही राजिब थापाले प्राप्त गरेका छन् । सफ्टवेयर पद्वतिमा आधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाउने थापा भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेता थापा वा नीजले सिफारिस गरेको व्यक्तिले ६ लाख रुपैयाँ बराबरको जीवन बीमा प्राप्त गर्नेछन् ।

आइएमई केन्द्रीय कार्यालयमा आयोजित अफर समापन तथा अन्तिम नतिजा सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका ब्राण्ड एम्बासडरद्वय दीपक राज गिरी र दीपाश्री निरौला लगायत विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।

निर्देशक ढकालले आइएमईले ल्याएको पर्व लक्षित यस्ता अफरहरुले सेवा र हाम्रा आम सेवाग्राहीहरूलाई नजिकमा ल्याउन ठूलो भूमिका खेलेको धारणा राखे ।

त्यसैगरी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले छक्का–पञ्जा अफरको विषयमा प्रकाश पार्दै यस्ता अफरले आइएमईका सेवाग्राहीहरु र व्यवसायीक साझेदारहरुको सम्बन्धलाई पुनर्ताजकिकरण प्रदान गरेको बताए ।

गत भाद्र १२ गतेदेखि मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशकालाखौँ सेवाग्राही सहभागी भई दैनिक ‘लक्की ड्र’ मा ५,०४० (पाँच हजार चालिस), पाक्षिक ‘लक्की ड्र’ मा ६ (छ ) र बम्पर ‘लक्की ड्र’ २ (दुई) जना पुरस्कृत भइसकेको कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २८ मंसिर २०७४, बिहीबार

ताजा समाचार