क्यान ईन्फोटेक माघ ११ गतेदेखि हुने, सूचना प्रविधिको बारेमा जानकारी दिर्इने

Technology Khabar २८ मंसिर २०७४, बिहीबार

क्यान ईन्फोटेक माघ ११ गतेदेखि हुने, सूचना प्रविधिको बारेमा जानकारी दिर्इने

काठमाडौं ।

काठमाडौं, २८ मंसिर । क्यान महासंघले वर्षेनी आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेक यस वर्ष माघ ११ गतेदेखि १६ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ ।

विश्वमा सुचना तथा संचार प्रविधि क्षेत्रमा भएका विकास तथा नयाँ नयाँ प्रविधिको बारेमा जानकारी प्रदान गर्ने उद्देश्यले आयोजना गर्दै आईरहेको क्यान ईन्फोटेकको यो २४ औं संस्करण भएको महासंघले जानकारी दिएको छ ।

क्यान महासंघले बिहिवार पत्रकार सम्मेलन गरि प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आई सी.टी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसनस्, पेमेन्ट सोलुसन्स्का बारेमा जानकारी हासिल गर्न सकिने जानकारी दियो ।

“सुविसु क्यान ईन्फोटेक २०१८ ईन एशोसिएशन विथ मोटोरोला” मा मुख्य प्रदर्शनी हल भित्र ४९ वटा ठुला र हल बाहिर ५ वटा ब्रान्डिङ्ग प्रदर्शनी कक्षहरु रहेका छन् भने ट्रसमा १४४, ओपन स्पेसहरु १४ र फुड स्टलहरु १० गरी जम्मा २२२ स्टलहरु रहनेछन् । हालसम्म मुख्य प्रदर्शनहल भित्र शत् प्रतिशत स्टल बुकिङ्ग भई सकेका छन् भने ट्रसमा ६० प्रतिशत स्टलहरु बुकिङ्ग भई सकेको महासंघका विश्व बलामीले जानकारी दिए ।

यस २४ औं संस्करण क्यान ईन्फोटेकको शिर्ष प्रायोजन सुविसु केबलनेट प्रा.ली रहेको तथा एशोसिएट प्रायोजक मोटोरोला नेपालको आधिकारीक बिक्रेता लाईफकम प्रा.लि रहेको छ ।

अवलोकनका लागि सर्वसाधारणहरुलाई प्रवेश शुल्क १ सय रुपैयाँ र विद्यार्थीहरुलाई ५० रुपैयाँ तोकिएको छ ।

प्रदर्शनीमा डिजिटल टिभी, ब्रोडब्याण्ड इन्टरनेट सेवा, फोरजी प्रविधि, मोबाइल फोन, साईबर अपराधको बारेमा जानकारी प्रदान गरिने महासंघका अध्यक्ष ईन्जिनियर बिनोद ढकालले जानकारी दिए ।

Global Bank
easy care

प्रकाशित: २८ मंसिर २०७४, बिहीबार