रेनो सर्भिस क्याम्प विभिन्न शहरमा संचालन हुँदै

Technology Khabar २६ मंसिर २०७४, मंगलवार

रेनो सर्भिस क्याम्प विभिन्न शहरमा संचालन हुँदै

काठमाडौं ।

काठमाडौं, २६ मंसिर । रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स् प्रा. लि. ले ‘रेनो सर्भिस क्याम्प’ मंसिर २६ गतेदेखि संचालनमा ल्याएको छ ।

यो सर्भिस क्याम्प पुस २० गतेसम्म नेपालका बिभिन्न शहरहरुमा आयोजना हुने छ । जसमा उपभोक्ताले आफ्नो गाडीको उत्कृष्ट सर्भिस सेवा पाउने कम्पनीले जानकारी दिएको छ ।

रेनोले यो सर्भिस क्याम्पको थिम ‘गिभ योर कार दी बेस्ट केयर’ राखेको छ । जसले ग्राहकलाई पूर्ण सन्तुष्ट हुनेगरी सेवा र सुबिधा दिने छ ।

यो सर्भिस क्याम्प नेपालका मुख्य शहरहरुमा संचालन हुनेछ । जसमा शाहारा अटोमोवाईल्स एण्ड कम्पनी प्रा. ली बिर्तामोड झापा ( मंसिर २६ र २७ ) गते, महाबिर अटोमोवाइल्स बिराटनगर (मंसिर २८ र २९), न्यु नारायणी मोर्टस् जनकपुर (पुष २), युनाइटेड अटो कन्र्सन नारायणगढ (पुष ४ र ५), जुपिटर ह्वल्स बुटबल (पुष ७ र ८), भैरहवा अटो कम्पनी भैरहवा (पुष ९ र १०), जोशी अटो भिल्ला दाङ (पुष १२), बगेश्वरी ट्रेड इन्टरनेशनल, नेपालगंज (पुष १४), विषेश माटोकर्प प्राली. धनगढी (पुष १६) र जोन्छेन ट्रेर्डस पोखरा (पुष १९ र २०) यी बिभिन्न शहरमा आयोजना हुने कम्पनीले उल्लेख गरेको छ ।

सर्भिस क्याम्पमा सहभागि हुने ग्राहकले बिभिन्न छुटका सुविधाहरु पाउने छन् । जसमा निःशुल्क लेबर चार्ज, १५ प्रतिशत लुब्रिकेन्टमा छुट, एसीमा २०० जिएम रिफिलिङ निशुल्क, स्पेयर पार्टस्मा १० प्रतिशत छुट, निशुल्क भेइकल चेकअप, धुलाई र कोलेन निश्ल्क दिइने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २६ मंसिर २०७४, मंगलवार