एभरेष्ट बैंकको प्रायोजनमा अन्तर कलेज फुटसल हुने

Technology Khabar २६ मंसिर २०७४, मंगलवार

एभरेष्ट बैंकको प्रायोजनमा अन्तर कलेज फुटसल हुने

काठमाडौं ।

काठमाडौं, २६ मंसिर । अन्तर कलेज फुटसललाई एभरेष्ट बैंकले मुख्य प्रायोजन गर्ने भएको छ । मंगलवार एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र आयोजक प्रोक्सी इन्फोटेक सोलुसन प्रालीका इभेन्ट म्यानेजर सरोज शर्मा ढुगांना बीच सम्झौता पत्र आदान–प्रदान भएको छ ।

मंसिर २८ गते संचालन हुने एक दिवसीय फुटसल प्रतियोगिता सम्झौता पश्चात एभरेष्ट बैंक अन्तर कलेज फुटसल प्रतियोगिताको नामले संचालन हुने भएको छ । एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत  सेठले सम्झौता पत्रमा हस्ताक्षर पश्चात राष्ट्रको गौरब बढाउने एकताको प्रतिक खेल क्षेत्रसँग संस्था जोडिन पाउदा गौरवान्बित भएको बताए ।

लाजिम्पाट स्थित एभरेष्ट बैंक केन्द्रिय कार्यालयमा सम्पन्न सम्झौता पत्र हस्ताक्षर समारोहमा एभरेष्ट बैंकका नायब महा प्रबन्धक राजिब जैन, सहायक महा प्रबन्धक केशवराज पौडेल, बरिष्ठ प्रबन्धक रन्जन खड्कालगायतको उपस्थिति रहेको थियो ।

लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा सहभागी २० टिमलाई ४ समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको बिजेता टिमले ५५ हजार र उपबिजेता टिमले २५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् । मुख्य प्रायोजन गरेको एभरेष्ट बैंकले सम्झौता अनुसार नगद पुरस्कार, शिल्ड, मेडल, ब्यानर र ब्यवस्थापनतर्फको जिम्मेवारी लिएको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २६ मंसिर २०७४, मंगलवार

ताजा समाचार