कुलप्याडले तीनवटा स्मार्टफोनको मूल्य घटायो, यस्तो छ नयाँ मूल्य

Technology Khabar २३ मंसिर २०७४, शनिबार

कुलप्याडले तीनवटा स्मार्टफोनको मूल्य घटायो, यस्तो छ नयाँ मूल्य

काठमाडौं, २३ मंसिर । क्रिसमस र नयाँ वर्ष बोन्नाजाको अवसरमा कुलप्याड नेपालले ३ वटा स्मार्टफोनका मोडलहरुको मूल्य घटाएको छ । यो अफर डिसेम्बर ४ तारिखदेखि कुलवान (Cool 1) को ४ जीबी र्याम र ६४ जीबी स्टोरेजको मोडलमा, नोट थ्रि एस (3S) र एन एक्स वान (NX1) मा सिमित अवधिको लागि लागू गरेको छ ।

कुलवान (१) नेपालकै पहिलो १३ं+१३ मेगापिक्सेलको ड्यूल रियर क्यामेरा सेटअप भएको स्मार्टफोन सेगमेन्टमा पर्दछ ।

कुलवान, नोट थ्रि यसले यसको सुन्दर, उत्कृष्ट आईडी डिजाइनको लागि ई आई यस ए अवार्ड जित्न सफल भएको छ भने यसको पावर र परफरमेन्सले राम्रो प्रभाव पारेको छ ।

यस बोन्नाजाअन्तर्गत अर्को मोडल कुलप्याड एन एक्स वान रहेको छ जसले फोरजी फोनमा लक्जरी ल्याउने उद्देश्यले सस्तो मूल्यमा बजारमा उपलब्ध भईरहेको छ ।

डिसेम्बर २०१७को अन्त्य देखी कुलप्याड नेपाल र जेआईपिएलले नयाँ फोनहरु अधिकतम सुबिधाका साथ बजारमा ल्याउने योजना गरिरहेको जानकारी दिएको छ ।

छुट र नयाँ मूल्य

कम्पनीले कुल वानमा ३ हजार रुपैयाँ कटौती गर्दै बजारमा २७ हजार ९ सय ९६ रुपैयाँ तोकेको छ । त्यसैगरि नोट थ्रि एसमा २ हजार रुपैयाँ कटौती गर्दै १८ हजार ९ सय ९६ रुपैयाँ तोकेको छ भने एनएक्स वान स्मार्टफोनमा १ हजार २ सय ३० रुपैयाँ घटाएर ८ हजार ९ सय ९६ रुपैयाँ तोकेको छ ।

प्रकाशित: २३ मंसिर २०७४, शनिबार

Comments are closed.

Loading...