एप्पलले ९.७ इन्चको सस्तो आइप्याड उत्पादन गर्दै, सन् २०१८ मा आउने

Technology Khabar १८ मंसिर २०७४, सोमबार

एप्पलले ९.७ इन्चको सस्तो आइप्याड उत्पादन गर्दै, सन् २०१८ मा आउने
फाइल

काठमाडौं ।

काठमाडौं, १८ मंसिर । आइफोनपछि एप्पलले अब आफ्नो आइप्याडको सेगमेन्टलाई तिब्ररुपमा अगाडी बढाउने योजनामा रहेको छ । यसको लागि एप्पलले बजेट रेन्जमा नयाँ आइप्याड सार्वजनिक गर्ने तयारी गरिरहेको रिपोर्टहरु बाहिर आएका छन् ।

कम्पनीले बजेट आइप्याडको माध्यमबाट बजेट सेग्मेन्टमा आफ्नो ससक्त कदम चाल्ने योजना गरिरहेको छ ।

हालै डिजिटाइम्सले सार्वजनिक गरेको रिपोर्टअनुसार एप्पलले ९.७ इन्चको स्क्रीन भएको आइप्याड सन् २०१८ को दोस्रो चौमासिकसम्म सार्वजनिक गर्न सक्नेछ । एप्पलको यो नयाँ आइप्याडको मूल्य करिब २५९ अमेरिकी डलर अर्थात करिब २७ हजार रुपैयाँको हाराहारीमा हुनेछ, जून अहिलेको तुलनामा निकै सस्तो हो ।

यो डिभाइसले मूल्यमा ध्यान दिने उपभोक्ताहरुलाई आकर्षित गर्ने र अधिक माग सिर्जना गर्न सक्ने कम्पनीको अनुमान छ ।

एप्पलको एयरपड हाल १५० अमेरिकी डलरमा उपलब्ध छ भने यदि यो नयाँ आइप्याड सार्वजनिक भएमा यो कम्पनीको आइफोन र आइप्याड दुबै सेगमेन्टमा सबैभन्दा सस्तो डिभाइस हुनेछ ।

नयाँ डिभाइसको माध्यमबाट ट्याबलेट बजारमा नयाँ मूल्य तरंग आउनेछ जसले पहिलो तहका कम्पनीहरु सामसंग इलेक्ट्रोनिक्स, अम्याजन, ह्वावे र लेनोभोबीच प्रतिस्पर्धा बढाउने स्रोतको अनुमान रहेको रिपोर्टमा उल्लेख छ ।

एप्पलको ट्याबलेट सेगमेन्टले पछिल्लो वर्ष घाटा बेहोरेको थियो । नयाँ सस्टो आइप्याडमार्फत कम्पनीले ट्याबलेट व्यवसायलाई अगाडि बढाउन सक्नेछ । एन्ड्रोयडमा आधारित ट्याबलेटको व्यवसाय पनि घटिरहेको छ भने चीनमा आधारित ट्याबलेट निर्माण कम्पनीहरु पनि इन्टेलले ट्याबलेटको लागि बनाईरहेको सिपीयूमा अनुदान रोकेपछि अन्य डिभाइस उत्पादनतर्फ लागेका छन् ।

एप्पलले आफ्ना नियमित उपभोक्ताहरुका लागि पनि सस्तो मूल्यको आइप्याड बिस्तार गर्ने र त्यो औद्योगिक तथा सेवा क्षेत्रका लागि प्रयोगमा लगाउने तर्फ पनि ध्यान दिईरहेको रिपोर्टमा बताईएको छ ।

एप्पलले सस्तो नयाँ आइप्याड उत्पादन गर्नका लागि ताइवानी कम्पनी कोम्पाल इलेक्ट्रोनिक्ससँग आउटसोर्स गर्न सक्ने संभावना छ, जबकी डिभाइसको पिसिबीका लागि कम्पेक र यूनिटेक प्रिन्टेड सर्किट बोर्डलाई अर्डर दिनेछ ।

स्रोत

Global Bank
easy care

प्रकाशित: १८ मंसिर २०७४, सोमबार

ताजा समाचार