भिभो ब्राण्ड नेपाली मोबाइल बजारमा, यस्तो छ ‘भि सेभेन’ स्मार्टफोन

Technology Khabar १२ मंसिर २०७४, मंगलवार

भिभो ब्राण्ड नेपाली मोबाइल बजारमा, यस्तो छ ‘भि सेभेन’ स्मार्टफोन
Global IME Bank

काठमाडौं ।

काठमाडौं, १२ मंसिर । चिनियाँ स्मार्टफोन ब्राण्ड भीभो (VIVO) नेपाली बजारमा भित्रिएको छ । कम्पनीले सन् २०१७ मा नेपाली बजारमा प्रवेश गर्ने रणनीतिअनुसार नै बजारमा आएको हो ।

कम्पनीले सोमबार राजधानीमा एक कार्यक्रमकाबीच बजारमा उपस्थित भएको घोषणा गरेको छ । कम्पनीले सोहि अवसरमा भिभो भि सेभेन (Vivo V7) स्मार्टफोन पनि सार्वजनिक गर्यो ।

कार्यक्रममा भिभोका नेपालका प्रमुख कार्यकारी निर्देशक पिटर ओउले नेपाली बजारमा आउन पाउँदा खुशी लागेको बताए । उनले भिभो विश्वको उत्कृष्ट ब्राण्डहरुमध्ये भएको र नेपालमा पनि यसले सफलता पाउने आशा व्यक्त गरे ।

भीभोको नेपालका लागि आधिकारिक बितरकमा एपेक्स महालक्ष्मी मोबाइल्स तथा सोलिसिटी इन्टरनेशनल प्रालिलाई तोकेको छ जसले भिभोको फोनहरु नेपालमा बिक्री गर्नेछन् ।

एपेक्स समूहले काठमाडौं उपत्यकाको बजार हेर्नेछ भने सोलिसिटी इन्टरनेशनलले पोखरासहित नारायणघाट पश्चिमको बजारमा ध्यान केन्द्रित गर्नेछ । कम्पनीले नेपालको पूर्वी भेगको बजारलाई हाल ध्यान दिएको छैन् ।

कम्पनीले नेपालको बजारमा पहिलो वर्षमा नै प्रमुख मोबाइल ब्राण्डको रुपमा स्थापित हुने लक्ष्यका साथ योजना ल्याएको कम्पनी सम्बद्ध एक अधिकारीले जानकारी दिए ।

भिभोले सार्वजनिक गरेको भि सेभेन प्लस कम्पनीको फ्ल्यागशिप स्मार्टफोन हो ।

यो फोन विश्वको उत्कृष्ट सेल्फी फोन भएको कम्पनीको दावी छ । कम्पनीकाअनुसार भिभोको ‘भि ७’ मा २४ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । जसमा राति सेल्फी लिनका लागि ‘सेल्फी फ्ल्यास सफ्ट लाईट’ समेत समावेश गरिएको छ । त्यस्तै १६ मेगापिक्सेलको ‘अल्ट्रा एचडी’ फोटो इफेक्टसहित रियर क्यामेरा राखिएको छ ।

फुल भ्यू टीएम डीस्प्ले टेक्नोलोजीमा आधारित फोनमा ५.७ इन्चको डीस्प्ले राखिएको छ । फोनको र्याम ४ जीबी र आन्तरिक स्टोरेज ३२ जीबीको छ । ड्यूल सिम सपाेर्ट भएको र मेमोरी कार्ड एकैसाथ चलाउन सकिने फोनमा २५६ जीबीसम्म स्टोरेज बढाउन सकिने छ ।

त्यस्तै मोबाईलको अन्य विशेषताहरुमा १.८ गिगाहर्ज अक्टा कोर क्वालकम स्न्यापड्रागन ४५० प्रोसेसर राखिएको छ । फोनमा ३ हजार एमएएच ब्याट्री ब्याकअप रहेको छ । आई प्रोटेक्टर मोड रहेको फोनमा एप क्लोन, स्मार्ट स्प्लीट, स्मार्ट वाक रहेको जनाइएको छ ।

कम्पनीका अनुसार अहिले फोनको लागि बुकिङ्ग खुल्ला गरिएको भने मंसिर १७ गतेदेखि मात्र बजारमा उपलब्ध हुनेछ ।

कम्पनीले भिभो भि ७ को मूल्य २९ हजार ९ सय ९० रुपैयाँ तोकेको छ ।

यसअघि कम्पनीले बजारमा वाई ५३ र वाई ६९ स्मार्टफोन सार्वजनिक गरिसकेको छ ।

Sajilo Visa

प्रकाशित: १२ मंसिर २०७४, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार