नेपाल टेलिकमले भन्यो- यस्तो नम्बरबाट फोन आए नउठाउनुस्

Technology Khabar १० मंसिर २०७४, आईतवार

नेपाल टेलिकमले भन्यो- यस्तो नम्बरबाट फोन आए नउठाउनुस्
फाइल
Classic Tech

काठमाडौं, १० मंसिर । नेपाल टेलिकमले कुनैपनि अपरिचत नम्बरबाट आएका फोन कल नउठाउन सेवाग्राहीहरुलाई अनुरोध गरेको छ । टेलिकमले सेवाग्राहीहरुलाई एसएमएस पठाएर नै अपरिचित नम्बरबाट फोन आएमा नउठाउन अनुरोध गरेको हो ।

पछिल्लो समयमा अननोन, नो कलर अाइडी, ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने र रकम माग गर्ने क्रम बढेपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको हो ।

टेलिकमका सह प्रवक्ता शोभन अधिकारीले ग्राहकहरुलाई सचेत गराउन त्यस्तो एसएमएस पठाईएको जानकारी दिए ।

‘एनटिएको निर्देशनअनुसार नै हामीले आफ्ना यूजर्सलाई एसएमएस पठाएर अवेयर गराएका हौं,’ अधिकारीले भने ।

टेलिकमले विगत केहि दिनअघिदेखि चिठ्ठा परेको प्रलोभन दिने तथा विभिन्न धम्की दिने जस्ता घट्नाहरु बढिरहेको भन्दै यस्तो गरिएको जानकारी दिएको छ ।

सह प्रवक्ता अधिकारीकाअनुसार यस्ता फोनहरु ट्रयाक गर्न सकिने तर त्यसको लागि केहि समय लाग्दछ। यसअघि पनि यस्तो फोन बेला बेलामा ट्रयाक गर्न गरिसकेको उनले उल्लेख गरे ।

उनले यस्ता फोनहरु विभिन्न नेटवर्कबाट आउने गरेको र हाल कुन रुटबाट आइरेका छन् भन्ने अनुसन्धान भइरहेको बताए ।

यसअघि पनि नेपाल दूरसंचार प्राधिकरणले अपरिचित नम्बरबाट फोन आउने गरेको हुँदा सचेतनाको लागि सार्वजनिक सूचना नै जारी गरेर मोबाइल फोन प्रयोगकर्ताहरुलार्इ सचेत गराएको थियो ।

TK Viber

प्रकाशित: १० मंसिर २०७४, आईतवार

Loading...