चिनियाँ स्मार्टफोन ब्राण्ड भीभो नेपाली बजारमा, चार मोडलका फोनहरु साथमा

Technology Khabar ८ मंसिर २०७४, शुक्रबार

चिनियाँ स्मार्टफोन ब्राण्ड भीभो नेपाली बजारमा, चार मोडलका फोनहरु साथमा

काठमाडौं ।

काठमाडौं, ८ मंसिर । चिनियाँ स्मार्टफोन ब्राण्ड भीभो नेपाली बजारमा सार्वजनिक हुने तयारीमा रहेको छ । कम्पनीले सन् २०१७ मा नेपाली बजारमा प्रवेश गर्ने रणनीतिअनुसार नै बजारमा आउन लागेको हो ।

भीभोको नेपालका लागि आधिकारिक बितरकमा एपेक्स महालक्ष्मी मोबाइल्सलाई तोकेको छ जसले भीभोको फोनहरु नेपालमा बिक्री गर्नेछ । त्यसैगरि अर्को कम्पनीमा त्रिवेणी समूहअन्तर्गतको कम्पनीलाई जिम्मा दिईएको छ ।

एपेक्स समूहले काठमाडौं उपत्यकाको बजार हेर्नेछ भने त्रिवेणी समूहअन्तर्गतको कम्पनीले भने पोखरासहित नारायणघाट पश्चिमको बजारमा ध्यान केन्द्रित गर्नेछ । कम्पनीले नेपालको पूर्वी भेगको बजारलाई हाल ध्यान दिएको छैन् ।

कम्पनीले नेपालको बजारमा पहिलो वर्षमा नै प्रमुख मोबाइल ब्राण्डको रुपमा स्थापित हुने लक्ष्यका साथ योजना ल्याएको भीभो कम्पनी सम्बद्ध एक अधिकारीले जानकारी दिए।

भीभोले नेपाली बजारमा एकैपटक चारवटा मोडलका फोनहरु सार्वजनिक गर्ने तयारी गरेको छ । जसमा भीभो १६०६, भीभो १७१६, भीभो १७१८ र भीभो १७१९ रहेका छन् ।

यी मोडलहरु बजारमा वाई ५३, भि सेभेन प्लस, भि सेभेन र वाई ६९ को रुपमा चिनिन्छन् ।

यसमध्ये भीभोको भि सेभेन प्लस सबैभन्दा माथिल्लो स्तरको मोडल हो जून हालै मात्र भारतमा सार्वजनिक भएको थियो ।

कम्पनीले सबै मोडलहरु नेपालमा उपलब्ध भएको र भीभो औपचारिकरुपमा बजारमा प्रवेश गरेको घोषणा गर्ने तयारी गरेको छ ।

नेपाली बजारमा भीभोले नोभेम्बर २७ तारिख अर्थात मंसिर ११ गते औपचारिक कार्यक्रमका साथ घोषणा गर्नेछ ।

यसैबीच कम्पनीले औपचारिक घोषणा अगाडि नै दुई मोडलका फोनहरु ‘वाई ५३’ र ‘वाई ६५’ सार्वजनिक गरेको छ । कम्पनीले बिहीबार दुई स्मार्टफोनहरु ‘थ्यांक्स गिभिङ डे’ को अवसर पारेर सार्वजनिक गरेको हो ।

यसअघि कम्पनीले नेपालको प्रमुख मोबाइल बजार पाको न्यूरोड क्षेत्रमा करिब १५ दिनदेखि प्रचारात्मक गतिबिधीहरु आयोजना गरिरहेको छ ।
रसियामा हुने विश्वकप २०१८ मा हुने फिफा वल्र्डकपको मूख्य प्रायोजनसमेत भीभोले गर्ने भएको छ ।

easy care

प्रकाशित: ८ मंसिर २०७४, शुक्रबार