सामसङ्गको १५ औँ डिजिटल प्लाजा धरानमा

Technology Khabar ७ मंसिर २०७४, बिहीबार

सामसङ्गको १५ औँ डिजिटल प्लाजा धरानमा

काठमाडौं, ७ मंसिर । सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १५ औँ सामसङ्ग डिजिटल प्लाजा धरानमा बिहिवारदेखि संचालनमा आएको छ ।

सो सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टि.भि., मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्रि वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

बजारमा उच्चस्तरिय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा धरानमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले कृतिमा इलेक्ट्रोनिक्ससँग सहकार्य गरेको हो ।

धरानको बजारमा खुलेको नयाँ शो–रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्ने र राम्रो ग्राहक सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: ७ मंसिर २०७४, बिहीबार

Loading...