सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा मह जोडी नियुक्त

Technology Khabar ७ मंसिर २०७४, बिहीबार

सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा मह जोडी नियुक्त

काठमाडौं ।

काठमाडौं, ७ मंसिर । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कम्पनीको ब्राण्ड एम्बेस्डरमा कलाकारद्धय मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य (मह जोडी) लाई घोषणा गरेको छ ।

कम्पनीका सहायक महाप्रबन्धक दिपबहादुर बि.सी. तथा मुख्य प्रबन्धक कवि फुयालले कलाकारद्धय महसँग एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मह जोडीले प्रत्येक परिवारको लागि जीवनबीमाको आवश्यकताको बारेमा देशभर जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानीलाई प्रोत्साहित गर्नेछन् जसले गर्दा परिवारलाई आर्थिक संकटमा सहयोग गर्नुकोे साथै वृद्धा अवस्थामा सुखद जीवनयापन व्यतित गर्न सघाउने कम्पनीले उल्लेख गरेकोछ ।

सिटिजन लाइफ इन्स्योरेन्सले गएको कात्तिक २ गतेदेखि व्यवसायिक कारोबार शुभारम्भ गरेको हो । कम्पनीले देशभरीका २५ वटा शाखा सञ्जालमार्फत ग्राहकहरुलाई जीवन बीमा सेवा प्रदान गरिरहेको जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ७ मंसिर २०७४, बिहीबार

ताजा समाचार