बजाजको ‘ग्राण्ड एक्सचेज मेला’ मंसिर ७ गतेदेखि

Technology Khabar ६ मंसिर २०७४, बुधबार

बजाजको ‘ग्राण्ड एक्सचेज मेला’ मंसिर ७ गतेदेखि
Classic Tech

काठमाडौं, ६ मंसिर । बजाज, पल्सर मोटरसाइकलको नेपालकालागि अधिकृत बितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले ‘ग्राण्ड एक्सचेज मेला’ आयोजना गर्ने भएको छ ।

‘जिन्दगी बदलिन्छ बजाज एक्स्चेन्जसँग’ भन्ने मुल नाराका साथ काठमाडौंको भृकुटीमण्डपमा यहि मंसिर ७ गतेदेखि ११ गतेसम्म मेला आयोजना गर्न गइरहेको छ ।

‘ग्राण्ड एक्सचेज मेला’ नेपालकै सबैभन्दा ठुलो बाइक एक्सचेन्ज मेला हुने कम्पनीले विश्वास लिएको छ । यस अवसरमा ग्राहकहरुले कुनै पनि ब्राण्डका मोटर साइकल र स्कुटरहरु ल्याएर बजाजका मोटरसाइकलसँग साट्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

साथै कम्पनीले आर्कषक गिफ्ट ह्याम्परहरु समेत राखेको छ । हरेक दिन भाग्यशाली एक जना ग्राहकले प्रत्येक दिन हुने लक्की ड्रबाट सामसङ मोबाइलसमेत जित्न सक्ने कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: ६ मंसिर २०७४, बुधबार

Loading...