एभरेष्ट बैंकद्धारा नयाँ भर्सनको इन्टरनेट बैंकिङ सेवा शुरु

Technology Khabar ४ मंसिर २०७४, सोमबार

एभरेष्ट बैंकद्धारा नयाँ भर्सनको इन्टरनेट बैंकिङ सेवा शुरु
NTC_Advt

काठमाडौं, ४ मंसिर । एभरेष्ट बैंकले आफ्नो पुरानो इन्टरनेट बैंकिङ सर्भिसलाई हटाएर नयाँ र नौलो भर्सनको बैंकिङ सर्भिस आफ्ना ग्राहकहरु माझ ल्याएको छ ।

नयाँ भर्सनको प्रयोगमा ग्राहकहरुले धेरै फिर्चसहरु पाउने छन् भने सुरक्षाको दृष्टिले निकै सुरक्षित समेत रहेको बैंकले जानकारी दिएको छ ।

यो नयाँ भर्सनबाट कारोवार गर्दा कारोवार सुरक्षित हुनुको साथै पहिलेको तुलनामा थप सुरक्षाका उपकरण थपिएका छन् । युजर आईडीसँगै क्याप्चाको प्रयोग गरिएको छ भने, फोटो सेन्सरदेखि एक पटक मात्रै पासवर्ड प्रयोग गर्न सक्ने बनाईएको छ ।

साथै अब ग्राहकले आफ्नो युजर नेम र पासवर्ड लिन, मोबाइल बैंकिङमा रजिष्टर्ड गर्न बैंकसम्म जानु नपर्ने र बैंकले नै इमेल मार्फत यी सबै सुबिधा दिने जनाएको छ ।

साथै बैंकले कर्पोरेट हाउसहरुलाई मध्येनजर गर्दै कर्पोरेट इन्टरनेट बैंकिङ सर्भिस सेवा प्रदान गर्दै आएको छ ।

सो सेवाले व्यापार तथा कर्पोरेट हाउस समाल्न र आन्तरिक रुपमा एकाउन्ट मिलाउन सघाउ पुर्याउँछ । यसको प्रयोगले तलब, भुक्तानी बाँढेको, एलसी, फिक्स डिपोजिट लगायतका खाताहरु व्यवस्थापनमा सहयोग पुर्याउने बैंकले जनाएको छ ।

प्रकाशित: ४ मंसिर २०७४, सोमबार