वर्ल्डलिंकले ल्यायो ‘तीनको तड्का’ अफर, ४० प्रतिशत छुटमा दोब्बर ब्यान्डवीथ

Technology Khabar ३० कार्तिक २०७४, बिहीबार

वर्ल्डलिंकले ल्यायो ‘तीनको तड्का’ अफर, ४० प्रतिशत छुटमा दोब्बर ब्यान्डवीथ

काठमाडौं ।

काठमाडौं, ३० कात्तिक । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘तीनको तड्का’ नामक अफरमा भारी छुट, डबल ब्यान्डवीथ र फ्रि नेट टिभी प्रदान गर्ने ग्राहक योजना सुरुवात गरेको छ ।

तीनको तड्का अन्तरगत नयाँ इन्टरनेट जडान गर्ने तथा पुराना नविकरण गर्ने ग्राहकहरुलाई ४० प्रतिशत सम्मको छुट प्रदान गर्ने, सबै प्याकेजका बार्षिक इन्टरनेट सेवा खरिद गर्ने ग्राहकहरुलाई निशुल्क नेट टिभीको सेवा प्रदान गर्ने तथा हालको ५ एमबीपीएसको प्याकेजलाई दोव्बर गरि १० एमबीपीएसको प्याकेजमा रुपान्तरण गर्ने जनाएको छ ।

पहिले देखिनै प्रदान गरिरहेको ५एमबीपीएसको सेवा चलाईरहेका ग्राहकहरुले यो योजना अन्तरगत स्वतः १० एमबीपीएसको सेवा पाउने छन् ।

५ एमबीपीएसको सेवा लिन चाहने ग्राहकहरुलाई बार्षिक रुपमा नयाँ सेवा जडान गर्दा १० एमबीपीएसको सेवा, योजना अन्तरगतको छुट सहित जडान खर्च, राउटर तथा फाईवर तारको शुल्क बुझाउन नपर्ने भएको छ साथै ३ महिनाका लागि निशुल्क नेट टिभि समेत समावेश गरेको छ ।

वर्ल्डलिंकको २५ एमबीपीएसका प्याकेजको खरिदमा एक वर्षको भुक्तानी तथा नविकरण गर्दा प्याकेजमा छुटका साथै ६ महिनाको लागि निःशुल्क नेटटिभी को सेवा लिन सकिने छ, ५० एमबीपीएसको प्याकेजको खरिदमा बार्षिक भुक्तानी तथा नविकरण गर्दा १ बर्षकै लागि निशुल्क नेटटिभी तथा छुट समेतको योजना रहेको छ ।

तीनको तड्का ग्राहक योजना तीन महिनासम्म लागू कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: ३० कार्तिक २०७४, बिहीबार

ताजा समाचार