आइफोन ८ तथा ८ प्लस नेपालमा मंसिर १ देखि , आइफोन एक्स पनि आउँदै

Technology Khabar ३० कार्तिक २०७४, बिहीबार

आइफोन ८ तथा ८ प्लस नेपालमा मंसिर १ देखि , आइफोन एक्स पनि आउँदै
Classic Tech

काठमाडौं, ३० कात्तिक । नेपाली उपभोक्ताहरुले मंसिर १ गतेदेखि आइफोन ८ तथा आइफोन ८ प्लस (iPhone 8 and iPhone 8 Plus) आधिकारिकरुपमा किन्न पाउने भएका छन् ।

विश्व बजारमा सार्वजनिक भएको आइफोन ८ तथा आइफोन ८ प्लस निकै ढिलो गरि नेपाली बजारमा आउन लागेको हो ।

एप्पलको नेपालका लागि एक मात्र आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले आइफोन ८ तथा आइफोन ८ प्लस यहि नोभेम्बर १७ तारिख अर्थात मंसिर १ गतेदेखि नेपालमा सार्वजनिक गर्ने भएको हो ।

आइफोन ८ तथा आइफोन ८ प्लस नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने गोल्ड, सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ ।

कति पर्छ मूल्य ?

कम्पनीले आइफोन ८ तथा आइफोन ८ प्लसको मूल्य समेत तोकेको छ । आइफोन ८ को ६४ जीबी मोडलको मूल्य ९८ हजार ५ सय रुपैयाँ छ भने आइफोन ८ को २५६ जीबीको मूल्य १ लाख १९ हजार ५ सय रुपैयाँ रहेको छ ।

त्यसैगरि आइफोन ८ प्लसको ६४ जीबीको मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँ छ भने आइफोन ८ प्लसको २५६ जीबीको मूल्य १ लाख ३३ हजार रहेको छ ।

कम्पनीले आधिकारिक डिलरहरुओलीज, फ्यूचर वल्र्ड, एपेक्स, क्वालिटी कम्प्यूटर(बिर्तामोड, झापा), कम्प्यूटर सेल्स सेन्टर(बुटवल, रुपन्देही), हिमालयन अफिस अटोमेसन(पोखरा, कास्की) बाट मात्र खरिद गर्न ग्राहकहरुलार्इ अाग्रह गरेको छ ।

कम्पनीले आइफोन एक्स (iPhone X) पनि नेपाली बजारमा सार्वजनिक गर्ने योजना राखेको छ । तर आइफोन टेन पनि भनिने आइफोन एक्स नेपाली बजारमा आउन भने अझै करिब १ साता कुर्नुपर्ने हुन्छ ।

TK Viber

प्रकाशित: ३० कार्तिक २०७४, बिहीबार

Loading...