अब एनालग केवल टिभी नआउने, डिजिटल प्रविधिमा मात्र हेर्न पार्इने

Technology Khabar २९ कार्तिक २०७४, बुधबार

अब एनालग केवल टिभी नआउने, डिजिटल प्रविधिमा मात्र हेर्न पार्इने

काठमाडौं ।

काठमाडौं, २९ कात्तिक । सरकारले एनालग केवल टेलिभिजन सिग्नल प्रशारण गर्दै आएका केवल सेवा प्रदायकहरुको सिग्नल बन्द गराएको छ ।

सूचना तथा संचार मन्त्रालयले कात्तिक २९ गतेदेखि केबल टिभी सेवा प्रदायक कम्पनीहरुको अनुगमन गर्दै एनालग टेलिजिभन सिग्नल प्रशारण बन्द गरेको हो ।

मन्त्रालयका उपसचिव तथा इन्जिनियर अनुप नेपालको नेतृत्वमा गएको अनुगमन टोलीले विभिन्न केबल टिभी सेवा प्रदायक कम्पनीहरुको एनालग सिग्नल प्रशारण स्वीच अफ गराएको हो ।

टोलीले बुधवार पहिलो चरणमा ८ वटा केबल सेवा प्रदायकको अनुगमन गरेर सिग्नल बन्द गराएको थियो । टोलीले जाउलाखेल केबल, सुविसु केबल, सिएनसी केबल, स्पेसटाइम केबल र स्काइ केबललगायतका केहि कम्पनीको अनुगमन गरेर सिग्नल काट्न निर्देशन दिएको मन्त्रालयका उपसचिव तथा इन्जिनियर नेपालले दिए ।

अनुगमन गरिएका केबल सेवा प्रदायकहरु सबैको एनालग सिग्नल काटेको इन्जिनियर नेपालले जानकारी दिए ।

उनकाअनुसार अब सामान्य जनताले पनि सेटटप बक्स राखेर मात्र केबल टिभी हेर्न पाउने भन्दै त्यसको लागि केबल सेवा प्रदायकसँग सम्पर्क गर्न सक्नेछन् ।

अहिले बजारमा सेटटप बक्स आवश्यकताअनुसार उपलब्ध भएको र हरेक केवल सेवा प्रदायकले आफूलाई आवश्यक हुने सेटटप बक्स उपलब्ध गराउने उनले बताए ।

हेरौं भिडियोमा –

सरकारबाट यसरी हुँदैछ केवल टिभी सेवा प्रदायकहरुको अनुगमन र एनालग सिग्नल बन्द गराउने कार्य

माध्यम

easy care

प्रकाशित: २९ कार्तिक २०७४, बुधबार