ओपो एफ फाइभ नेपालमा सार्वजनिक हुँदै, यस्तो छ विशेषताहरु

Technology Khabar २८ कार्तिक २०७४, मंगलवार

ओपो एफ फाइभ नेपालमा सार्वजनिक हुँदै, यस्तो छ विशेषताहरु
Classic Tech

काठमाडौं, २८ कात्तिक । ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट एफ फाइभ (Oppo F5) आज मंगलवार बेलुका सार्वजनिक गर्दैछ ।

कम्पनीले नेपाल आइडलका उत्कृष्ट तीनको समेत सहभागितासहित एक कार्यक्रमका बीच नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको हो ।

कम्पनीको आधिकारिक फेसबुक पेजमार्फत पोष्ट गरेको नेपाल आइडलका उत्कृष्ट तीनको भिडियो लाइक तथा सेयर गर्ने मध्येबाट भाग्यशाली तीन जना छनोट गरी कम्पनीले एफ फाइभ सार्वजनिक गर्ने समारोहमा सहभागी हुने तथा आकर्षक उपहार जित्ने अवसर समेत प्रदान गर्ने जानकारी दिएको छ ।

नेपाली बजारमा नयाँ फोन नोभेम्बर १५ अर्थात कात्तिक २९ गतेदेखि किन्न पाईनेछ ।

कम्पनीले यो फोनको मूल्य कति हो भनेर अझै जानकारी आएको छैन्। भारतीय बजारमा ४ जीबीको र्याम र ६४ जीबी स्टोरेज भएको फोनको मूल्य भारु १९ हजार ९९० अर्थात ३१ हजार ९८४ रुपैयाँ तोकिएको छ ।

नेपालमा संभवत यसको मूल्य ३५ हजारको हाराहारीमा हुन सक्नेछ ।

यस्तो छ विशेषता-

यसमा सेल्फीप्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गरिएको छ ।

एआई ब्यूटी रिकग्निसन प्रविधि: ‘क्याप्चरिङ दि रियल यू’

नेपालमा उपस्थित फोन ब्राण्ड मध्ये पहिलो पटक ओपोले यस फोन मार्फत सेल्फीका लागि फ्रन्ट क्यामेरामा आर्टिफिसियल ईन्टेलिजेन्सी प्रविधि समाहित गरेको छ । नयाँ सेल्फी एक्स्पर्टमा अत्याधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध छ । यसले वैश्विक फोटो डाटाबेस मार्फत आर्टिफिसियल ईन्टेलिजेन्सीको प्रयोग गर्दै सेल्फीलाई अझ आकर्षक बनाउन सघाउने कम्पनीको दावी छ ।

ओपोको पहिलो फुल स्क्रिन स्मार्टफोन

सार्वजनिक हुन लागेको नयाँ फोन ओपोकै पहिलो फुल स्क्रिन एफएचडी डिस्प्ले मोडल हो । यसले फोनको आकार ठूलो नबनाइकनै जीवन्त तथा उत्कृष्ट दृष्यानुभुति दिन्छ । उच्च रिजोल्यूशन क्षमता सहितको स्क्रिनले उपभोक्तालाई जीवन्त दृष्यानुभुति प्रदान गर्ने कम्पनीको भनाई छ ।

सार्वजनिक गर्ने तयारीमा रहेको नयाँ सेल्फी एक्स्पर्टमा पछिल्ला उत्पादनका तुलनामा अझ आरामदायी सञ्चालन अनुभुति प्रदान गर्ने सोचका साथ परिस्कृत सञ्चालन प्रणाली उपलब्ध हुने बताईएको छ ।

यो स्मार्टफोन तीनवटा संस्करणमा आउने बताईएको छ । जसमा एफ ५, एफ ५ ६जीबी र एफ ५ यूथ हुनेछ ।

यसको आधारभूत संस्करणमा ४ जीबीको र्याम र ६४ जीबीको आन्तरिक स्टोरेज हुनेछ भने अर्कोमा ६ जीबीको र्याम र ६४ जीबीको स्टोरेज छ ।

यसमा फोटोको लागि २० मेगापिक्सेलको फ्रन्ट क्यामरा छ भने १६ मेगापिक्सेलको रियर क्यामरा छ । यो फोन गोल्ड र ब्ल्याक कलर अप्सनमा आउने छ ।

फोनमा ६ इन्चको फूलएचडी प्लस डिस्प्ले छ जसको रिजोल्यूशन २१६०X१०८० पिक्सेल छ ।

TK Viber

प्रकाशित: २८ कार्तिक २०७४, मंगलवार

Loading...