शाओमीको रेडमी नोट ५ ए प्राइम नेपाली बजारमा आउँदै

Technology Khabar २६ कार्तिक २०७४, आईतवार

शाओमीको रेडमी नोट ५ ए प्राइम नेपाली बजारमा आउँदै

काठमाडौं ।

काठमाडौं, २६ कात्तिक । शाओमीले नेपाली बजारमा रेडमी नोट ५ ए प्राइम (Xiaomi Redmi Note 5A prime) ल्याउने तयारी गरेको छ ।

नेपालका लागि शाओमीको आधिकारिक बितरक वत्सल इम्पेक्सले १६ मेगापिक्सेलको सेल्फी क्यामरा भएको नयाँ स्मार्टफोन बजारमा ल्याउन लागेको हो ।

कम्पनीले ल्याउन लागेको नयाँ स्मार्टफोनमा ५.५ इन्चको आइपीएस एलसिडि डिस्प्ले रहेको छ, जसलाई कोर्निङ्ग गोरिल्ला ग्लासद्धारा सुरक्षित पारिएको छ।

फोनमा १.४ गीगाहर्जको अक्टाकोर कोर्टेक्स ए ५३ क्वालकम स्न्यापड्रागन ४३५ प्रोसेसर प्रयोग गरिएको छ । ग्राफीक्सका लागि फोनमा एड्रेनो ५०५ जीपीयू रहेको छ ।

रेडमी नोट ५ ए प्राइम स्मार्टफोनमा ३ जीबी र्याम तथा ३२ जीबीको आन्तरिक स्टोरेज राखिएको छ, यसको स्टोरेजलाई बढाएर १२८जीबीसम्म पुर्याउन सकिन्छ ।

फोनमा ३,०८० एमएएचको ब्याट्री प्याक हुनेछ ।

फोटोका लागि रेडमी नोट ५ ए प्राइममा १३ मेगापिक्सेलको रियर क्यामरा छ भने १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

सेल्फी प्रेमीका लागि लक्षित यो फोनमा फिंगरप्रिन्ट सेन्सर, एलईडी सेल्फी लाइट, कार्डका लागि छुट्टै स्लट रहेको छ ।

आगामी साता सार्वजनिक हुने भनिएको स्मार्टफोन नेपाली बजारमा कति रुपैयाँमा किन्न सकिन्छ भन्ने कुनै जानकारी छैन् ।

easy care

प्रकाशित: २६ कार्तिक २०७४, आईतवार