सिजी मोबाइलका फिचर फोन ‘एस्ट्रो ५ एल’ र ‘एस्ट्रो मेरो प्लस’ बजारमा

Technology Khabar २२ कार्तिक २०७४, बुधबार

सिजी मोबाइलका फिचर फोन ‘एस्ट्रो ५ एल’ र ‘एस्ट्रो मेरो प्लस’ बजारमा

काठमाडौं, २२ कात्तिक । सिजी मोबाइल ब्राण्डले नयाँ फिचर फोनहरु बजारमा ल्याएको छ । सिजी मोबाइल प्रालिले धेरै सुविधाहरुका साथै सस्तो मूल्यमा आफ्नो फिचर फोन बिधामा दुई नयाँ मोडलहरु थप गरेको हो ।

एस्ट्रो मेरो (Astro Mero) को सफलतापछि सिजी मोबाइलले एस्ट्रो मेरो प्लस (Astro Mero+) ग्राहकको चाहना अनुसार बजारमा ल्याएको छ । यो फोनमा डिजिटल क्यामरा, एफएम, टर्च, जीपीआरएस, एमपी थ्री एमपी फोर जस्ता सुविधाहरु राखेको छ । फोनमा १,००० एमएएच क्षमताको ब्याट्रि राखिएको छ ।

सिजी एस्ट्रो मेरो प्लस स्मार्टफोनको बजार मूल्य ९ सय ९९ रुपैयाँ तोकिएको छ ।

त्यसै गरी नयाँ ल्याइएको एस्ट्रो ५ एलमा (Astro 5L ) बिभिन्न आर्कषक फिचरहरु जस्तै वायरलेस एफएम, फ्ल्याश भएको यो फोनमा डिजिटल क्यामरा, एफएम, टर्च, एमपी थ्री एमपी फोर ब्लूटूथ जस्ता सुविधाहरु राखेको छ । फोनमा १,८०० एमएएच क्षमताको ब्याट्रि राखिएको छ । यसको बजार मूल्य १ हजार ६ सय ९९ रुपैयाँ तोकिएको छ ।

कम्पनीले यी दुई नयाँ मोडलहरु १०० दिनको सटही नीतिको साथ ल्याइएको कम्पनीले जनाएको छ ।

प्रकाशित: २२ कार्तिक २०७४, बुधबार

Comments are closed.

Loading...