एनबीआई र ग्लोबल आइएमई बैंक बीच तालिम गर्ने सम्झौता

Technology Khabar २२ कार्तिक २०७४, बुधबार

एनबीआई र ग्लोबल आइएमई बैंक बीच तालिम गर्ने सम्झौता

काठमाडौं ।

काठमाडौं, २२ कात्तिक । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट लि. र ग्लोबल आइएमई बैंक लि. बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सो सम्झौता अनुसार एनबीआईले ग्लोबल आइएमई बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ६१ लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर भएको छ ।

easy care

प्रकाशित: २२ कार्तिक २०७४, बुधबार