नोकिया ५ स्मार्टफोन अब ३ जीबी र्याममा उपलब्ध

Technology Khabar २० कार्तिक २०७४, सोमबार

नोकिया ५ स्मार्टफोन अब ३ जीबी र्याममा उपलब्ध

काठमाडौं ।

काठमाडौं, २० कात्तिक । नोकियाले नयाँ संस्करणको नोकिया ५ (Nokia 5) स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नोकिया ५ को ३ जीबी र्याम भएको संस्करण सार्वजनिक गरेको हो ।

यो स्मार्टफोन हाल भारतीय बजारमा मात्र उपलब्ध हुनेछ । यो फोन ई कमर्श वेबसाइट फ्लिपकार्टबाट मात्र किन्न पाईने छ, जून नोभेम्बर ७ तारिखदेखि उपलब्ध हुन्छ ।

त्यसपछि भने नोभेम्बर १४ तारिखदेखि रिटेल स्टोरमा उपलब्ध हुने बताईएकोछ ।

नोकिया ५ स्मार्टफोन म्याट ब्ल्याक र टेम्पर्ड ब्लू कलर अप्सनमा आउनेछ ।

यो फोनमा क्वालकम स्न्यापड्रागन ४३० चीपसेट प्रयोग गरिएको छ भने यसमा ५.२ इन्चको एचडी डिस्प्ले राखिएको छ । यो स्मार्टफोन १६ जीबी आन्तरिक स्टोरेज सहित आउँछ जसलाई माइक्रो एसडी कार्डद्धारा १२८ जीबीसम्म पुर्याउन सकिन्छ ।

फोटोका लागि नोकिया ५ को नयाँ भेरिएन्टमा १३ मेगापिक्सेलको क्यामरा छ, जसमा फेस डिटेक्सन अटोफोकस तथा ड्यूल टोन फ्ल्याश रहेको छ । सेल्फी खिच्नका लागि फोनमा ८ मेगापिक्सेलको अटोफोकस फ्रन्ट क्यामरा छ ।

यो फोन एन्ड्रोयड नूगटमा आधारित रहेको छ जसलाई ओरियोमा अपग्रेड गरिनेछ ।

यसमा फिंगरप्रिन्ट स्क्यानर तथा जायरोस्कोप सेन्सर छ भने वाईफाई, ब्लूटूथ, जीपीएस, एनएफसी लगायतका फिचर छन् ।

फोनमा ३,००० एमएएचको ब्याट्री उपलब्ध छ । यो स्मार्टफोनको मूल्य भारतीय बजारमा भारु १३ हजार ४ सय ९९ रुपैयाँ अर्थात २१ हजार ५ सय ९८ नेपाली रुपैयाँ तोकिएको छ ।

नोकियाको नयाँ संस्करणमा र्याम बाहेक अन्य सबै फिचरहरु पुरानै राखिएको छ ।

नेपाली बजारमा नोकिया ५ यसअघि नै उपलब्ध रहेको छ । २ जीबी र्याम भएको यो स्मार्टफोन बजारमा २१ हजार ३५० रुपैयाँमा किन्न सकिन्छ भने ३ जीबी र्याम भएको नयाँ संस्करण पनि नेपालमा छिटै आउने अनुमान गर्न सकिन्छ । ३ जीबी र्याम भएको नयाँ नोकिया ५ को मूल्य नेपालमा भने केहि मह‌ँगो हुन सक्दछ ।

यसअघि कम्पनीले नोकिया २ सार्वजनिक गरेको थियो ।

easy care

प्रकाशित: २० कार्तिक २०७४, सोमबार

ताजा समाचार