सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका दुर्गम स्थानमा टेलिकमको मोबाइल सेवा

Technology Khabar २० कार्तिक २०७४, सोमबार

सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकका दुर्गम स्थानमा टेलिकमको मोबाइल सेवा
फाइल

काठमाडौं ।

काठमाडौं, २० कात्तिक । नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर र सुनकोशी तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा कात्तिक १९ गतेदेखि जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।

पहिले कुनै पनि मोबाइल सेवाको पहुँच नभएका यी स्थानका सेवाग्राहीले अब जिएसएम मोबाइलमार्फत सञ्चार सम्पर्क गर्न सक्ने भएका छन् ।

नेपाल टेलिकमले सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका अन्तर्गत वाफलमा जिएसएम मोबाइलको बिटिएस टावर स्थापना गरी सेवा सञ्चालन गरेको हो । यसबाट सो क्षेत्रका करिब ३ हजार सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् ।

सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाअन्तर्गतका दानसे, लिसंखु, वाफल र अत्तरपुर, सुनकोशी गाउँपालिका अन्तर्गत ठोकर्पा र कामेखोला तथा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका अन्तर्गत सिम्थली, बेकसिम्ले, मुलाबारी र भिमसेनस्थानका सेवाग्राही यसवाट लाभान्वित हुने टेलिकमले जनाएको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: २० कार्तिक २०७४, सोमबार

ताजा समाचार